जेन-जीका नाममा ध्वस्त एमाले केन्द्रीय कार्यालयमा फहराइयो देशकै ठूलो झण्डा « Khabarhub

जेन-जीका नाममा ध्वस्त एमाले केन्द्रीय कार्यालयमा फहराइयो देशकै ठूलो झण्डा


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा देशकै ठूलो झण्डा फहराइएको छ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र यससँग आवद्ध घटकका करिब सयजना नेता–कार्यकर्ताले हँसिया–हथौडा अंकित ४५/४५ फिट आकारको झण्डा राखेका हुन्। जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार यो पार्टी सबैभन्दा ठूलो झण्डा हो।

झण्डा बिहान ११ बजे च्यासल पार्टी कार्यालय भवनको पूर्वतर्फ राखिएको थियो । जसलाई वरिपरि सबैले देख्न सक्ने गरी सजाइएको थियो। त्यस्तै, आगजनीका कारण क्षतिग्रस्त भएको भवनको तेस्रो तलामा पनि पार्टी झण्डा टाँगिएको छ।

झण्डा फहराएपछि जिफन्ट टोलीले पार्टी महासचिव शंकर पोखरेलको घर सरसफाइ गरेको थियो।

जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको घरभित्रका जलेका, फुटेका र तोडफोड भएका सामानहरू करिब तीन घण्टा लगाएर सफा गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार अन्य पार्टी नेताका घरहरू र पार्टी कार्यालयहरूमा पनि यस्तै सरसफाई अभियान सञ्चालन गरिनेछ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ६ : २० बजे

अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकजुट हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अवस्था परिवर्तनका लागि सबै राजनीति

हिउँदे वर्षाले काँचो इँटामा क्षति

नेपालगञ्ज– दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति

सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

बरहथवा– सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ

मंगलसेन पुग्यो बालेनको चुनाव यात्रा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन्द्र