जेन-जीका नाममा ध्वस्त एमाले केन्द्रीय कार्यालयमा फहराइयो देशकै ठूलो झण्डा « Khabarhub

जेन-जीका नाममा ध्वस्त एमाले केन्द्रीय कार्यालयमा फहराइयो देशकै ठूलो झण्डा


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा देशकै ठूलो झण्डा फहराइएको छ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र यससँग आवद्ध घटकका करिब सयजना नेता–कार्यकर्ताले हँसिया–हथौडा अंकित ४५/४५ फिट आकारको झण्डा राखेका हुन्। जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार यो पार्टी सबैभन्दा ठूलो झण्डा हो।

झण्डा बिहान ११ बजे च्यासल पार्टी कार्यालय भवनको पूर्वतर्फ राखिएको थियो । जसलाई वरिपरि सबैले देख्न सक्ने गरी सजाइएको थियो। त्यस्तै, आगजनीका कारण क्षतिग्रस्त भएको भवनको तेस्रो तलामा पनि पार्टी झण्डा टाँगिएको छ।

झण्डा फहराएपछि जिफन्ट टोलीले पार्टी महासचिव शंकर पोखरेलको घर सरसफाइ गरेको थियो।

जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको घरभित्रका जलेका, फुटेका र तोडफोड भएका सामानहरू करिब तीन घण्टा लगाएर सफा गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार अन्य पार्टी नेताका घरहरू र पार्टी कार्यालयहरूमा पनि यस्तै सरसफाई अभियान सञ्चालन गरिनेछ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ६ : २० बजे

स्वास्थ्यमन्त्री र अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुखबीच सहकार्यबारे छलफल

काठमडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

चुनावको मुखमा रास्वपा जिल्ला सभापति नै कांग्रेसतिर

नवलपरासी – चुनाव आउन केही दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय

लिङ्देन भन्छन् : यो चुनावमा नेपाल र नेपाली प्रथम हुने कुरालाई ध्यान दिनुस्

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल र नेपाली प्रथम भन्ने

एमालेलाई उछिनेर सुर्खेतसम्मै रेल लैजाने रास्वपाको योजना

काठमाडौं– ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

देउवा सिंगापुरतिर उड्दा पाँच दिनदेखि भारतको तीर्थयात्रामा छिन् पत्नी आरजु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बुधबार राति सिंगापुरतिर लागेका