जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गरिने, परिवारलाई जनही १५ लाख रुपैयाँ « Khabarhub

जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गरिने, परिवारलाई जनही १५ लाख रुपैयाँ


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई जनही १५ लाख दिने भएको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरूलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले यसअघि मृतक परिवारलाई दिँदै आएको १० लाखमा थप ५ लाख थपेर १५ लाख दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताएका छन् ।

ज्यान गुमाएका व्यक्तिहरूका शवलाई सम्बन्धित जिल्ला र पालिकासम्म पुर्‍याउन सरकारले सहजीकरण गर्ने निर्णय गरेको उनले बताए । त्यसका लागि हेलिकप्टरसहितका साधन उपलब्ध गराइने भएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ७ : २३ बजे

अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकजुट हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अवस्था परिवर्तनका लागि सबै राजनीति

हिउँदे वर्षाले काँचो इँटामा क्षति

नेपालगञ्ज– दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति

सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

बरहथवा– सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ

मंगलसेन पुग्यो बालेनको चुनाव यात्रा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन्द्र