मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन « Khabarhub

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । 

शाखा कार्यालय मार्तडी र कोल्टी शाखा कार्यालयले चाडपर्वलाई लक्षित गरी आजदेखि सहुलियत पसल सञ्चालन गरेको जिल्ला शाखा प्रमुख उमेश भण्डारीले जानकारी दिए । सरकारले भदौ ३० गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने नीतिअनुसार यहाँ पनि त्यसलाई कार्यान्वयन गरिएको उनले बताए। 

यहाँ अन्य समयमा बिक्री गर्दै आएको दररेटभन्दा प्रतिकेजी रु पाँचका दरले चामल र चिनीको मूल्य घटाइएको छ । जिल्लाभरि तीन हजार ५०० क्विन्टल चामल बिक्री अनुमति दिएकाले कोल्टीमा एक हजार र मार्तडीमा एक हजार क्विन्टल चामल एक महिनासम्म बिक्री हुने शाखा प्रमुख भण्डारीको भनाइ छ । 

हिमाली गाउँपालिकाको धुलाचौर, बिच्छ्या, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन र गौमुल गाउँपालिकाको घटनामा पनि सहुलियत पसल सञ्चालन हुने जनाइएको छ ।  

मार्तडीमा चार हजार ८८७ क्विन्टल चामल र १५ क्विन्टल चिनी तथा कोल्टीमा तीन हजार ४२८ क्विन्टल चामल मौज्दात रहेको छ । 
 

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ७ : ५४ बजे

अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकजुट हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अवस्था परिवर्तनका लागि सबै राजनीति

हिउँदे वर्षाले काँचो इँटामा क्षति

नेपालगञ्ज– दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति

सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

बरहथवा– सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ

मंगलसेन पुग्यो बालेनको चुनाव यात्रा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन्द्र