जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति « Khabarhub

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनका क्रममा भएको ज्यादती र धनजनको क्षतिको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।

जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अघि बढ्ने सैद्धान्तिक निर्णय भएको उनले बताए । त्यसका लागि कुनै पूर्वन्यायाधीशको नेतृत्वमा समिति बनाइने अर्यालले बताए ।

त्यस्तै बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिए ।

त्यस्तै सबै शहिदहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय बैठकले गरेको उनले जानकारी दिए । बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएकालाई १० लाख र अन्य खर्च ५ लाखसहित १५ लाख रुपैया राहत दिने निर्णय गरेको मन्त्री अर्यालले बताए ।

बैठकले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेन-जी जागरण स्मारक पार्क बनाउने निर्णयसमेत गरेको छ । त्यस्तै अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गर्ने निर्णय गरिएको उनले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ८ : ०२ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै