प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी « Khabarhub

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई खानेपानी मन्त्री दिन तयार रहेको खुलेको छ ।

सामाजिक सञ्जालमार्फत साम्पाङले आफूलाई खानेपानी तथा श्रम मन्त्रालयको प्रस्ताव आएको जानकारी गराउँदै अस्वीकार गरेको बताएका छन् । उनले भनेका छन्, “मैले दाबी गरेको प्रधानमन्त्री, उनीहरूले दिन चाहेको खानेपानी र श्रम मन्त्रालय । पारा मिलेन ।”

साम्पाङले आन्दोलनपछि प्रधानमन्त्रीमा नै दाबी गर्दै काठमाडौंसम्म आएर प्रदर्शन गरेका थिए । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार ढलेपछि साम्पाङले देशको नेतृत्व गर्ने क्षमता आफूमा रहेको दाबी गर्दै प्रधानमन्त्री बन्ने अभिलाषा राखेका थिए ।

तर जेनजीको प्रतिनिधि र राष्ट्रपतिबीच भएको सहमतिअनुसार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएपछि साम्पाङ धरान फर्किएका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ९ : ४५ बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ