प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी « Khabarhub

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी


३० भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई खानेपानी मन्त्री दिन तयार रहेको खुलेको छ ।

सामाजिक सञ्जालमार्फत साम्पाङले आफूलाई खानेपानी तथा श्रम मन्त्रालयको प्रस्ताव आएको जानकारी गराउँदै अस्वीकार गरेको बताएका छन् । उनले भनेका छन्, “मैले दाबी गरेको प्रधानमन्त्री, उनीहरूले दिन चाहेको खानेपानी र श्रम मन्त्रालय । पारा मिलेन ।”

साम्पाङले आन्दोलनपछि प्रधानमन्त्रीमा नै दाबी गर्दै काठमाडौंसम्म आएर प्रदर्शन गरेका थिए । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार ढलेपछि साम्पाङले देशको नेतृत्व गर्ने क्षमता आफूमा रहेको दाबी गर्दै प्रधानमन्त्री बन्ने अभिलाषा राखेका थिए ।

तर जेनजीको प्रतिनिधि र राष्ट्रपतिबीच भएको सहमतिअनुसार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएपछि साम्पाङ धरान फर्किएका थिए ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ९ : ४५ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६