कांग्रेसमा विशेष महाधिवेशनका लागि सङ्कलित हस्ताक्षर आज कार्यवाहक सभापति खड्कालाई बुझाइँदै « Khabarhub

कांग्रेसमा विशेष महाधिवेशनका लागि सङ्कलित हस्ताक्षर आज कार्यवाहक सभापति खड्कालाई बुझाइँदै


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै सङ्कलन गरेको हस्ताक्षर आज कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउने भएको छ ।

महामन्त्री थापाले सङ्कलित हस्ताक्षर आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति खड्कालाई बुझाउने तयारी छ ।

अभियानका क्रममा १४औँ महाधिवेशनमा रहेका ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरिएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए । १३औँ महाधिवेशनबाट १४ औँ महाधिवेशनमा स्वतः प्रतिनिधि भएका केन्द्रीय सदस्य, पार्टी छाडेका र मृत्यु भएका प्रतिनिधि घटाउँदा हाल कायम ४५ सय ५६ जना हुन्छ । हाल कायम महाधिवेशन प्रतिनिधिमध्ये २४ सय ८७ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका बताइएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले मंसिरभित्र नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको माग गर्दै आएका छन् । 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : ४७ बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ