बैंकहरूले सामाजिक उत्तरदायित्व बापतको खर्च जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेको निम्ति गर्न सक्ने « Khabarhub

बैंकहरूले सामाजिक उत्तरदायित्व बापतको खर्च जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेको निम्ति गर्न सक्ने


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकहरूले सामाजिक उत्तरदायित्व बापत खर्च गर्ने रकम जेन-जी आन्दोलनका शहीद परिवार घाइतेको निम्ति खर्च गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंकल तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१ (प्रथम संशोधन, २०८२) गर्दै सो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले मार्गदर्शनमा व्यवस्था गर्दै सामाजिक उत्तरदायित्व बापत खर्च गर्ने रकम जेन-जी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका औषधि उपचारको लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्चमा गर्न सकिने व्यवस्था गरेको छ ।

त्यस्तै, जेन-जी आन्दोलनमा शहीद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जन क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सिपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सिपमूलकतालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई खर्च प्रदान गर्न सो रकम खर्च गर्न सकिने राष्ट्र बैंकले मार्गदर्शनमा व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ११ : ५१ बजे

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

रसुवा– गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत्

१३२ केभी प्रसारण लाइन १५ दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन 

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १३२ केभी

रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेका

अस्पतालको बेडबाटै जेन-जी आन्दोलनका घाइते प्रकाश भन्छन्- ‘हाम्रो बलिदानी खेर नजाओस्’

काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।