बैंकहरूले सामाजिक उत्तरदायित्व बापतको खर्च जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेको निम्ति गर्न सक्ने « Khabarhub

बैंकहरूले सामाजिक उत्तरदायित्व बापतको खर्च जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेको निम्ति गर्न सक्ने


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकहरूले सामाजिक उत्तरदायित्व बापत खर्च गर्ने रकम जेन-जी आन्दोलनका शहीद परिवार घाइतेको निम्ति खर्च गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंकल तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१ (प्रथम संशोधन, २०८२) गर्दै सो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले मार्गदर्शनमा व्यवस्था गर्दै सामाजिक उत्तरदायित्व बापत खर्च गर्ने रकम जेन-जी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका औषधि उपचारको लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्चमा गर्न सकिने व्यवस्था गरेको छ ।

त्यस्तै, जेन-जी आन्दोलनमा शहीद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जन क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सिपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सिपमूलकतालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई खर्च प्रदान गर्न सो रकम खर्च गर्न सकिने राष्ट्र बैंकले मार्गदर्शनमा व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ११ : ५१ बजे

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज