इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’ : अध्ययन « Khabarhub

इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’ : अध्ययन


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मिलान– इटालीमा सन् २०२४ मा करिब १० जनामध्ये एक जना पूर्ण गरिबीको अवस्थामा रहेको एक अध्ययनले देखाएको छ ।

मंगलबार सार्वजनिक गरिएको इटालीको राष्ट्रिय तथ्याङ्क संस्था (इस्तात) को प्रतिवेदन अनुसार, देशभर ५७ लाख मानिसहरू (झण्डै २२ लाख घरपरिवार) पूर्ण गरिबीमा बाँचिरहेका छन्, जसले कुल जनसङ्ख्याको ९.८ प्रतिशत प्रतिनिधित्व गर्छ ।

 ‘पूर्ण गरिबीमा’ भन्नाले मानिसहरूले दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत वस्तु तथा सेवा खरिद गर्न नसक्ने अवस्थालाई जनाइएको छ ।

उदाहरणका लागि, रोम शहरमा एक युवा जोडी र एक सन्तान भएको परिवारको लागि सन् २०२३ मा पूर्ण गरिबीको सीमा एक हजार ५६८ युरो प्रति महिना (झण्डै एक हजार ८०० अमेरिकी डलर) तोकिएको थियो ।

अघिल्ला दुई वर्षमा यो अनुपात स्थिर भए पनि पछिल्ला १० वर्षमा भने गरिबी उल्लेख्य रूपमा बढेको अध्ययनले जनाएको छ । 
युरोपस्तरीय मापदण्ड अनुसार, सन् २०२४ मा करिब एक करोड ३६ लाख इटालियनहरू (जनसङ्ख्याको २३ प्रतिशत) गरिबी वा सामाजिक बहिष्करणको जोखिममा परेका थिए ।

यो दर युरोपेली संघको औसत २१ प्रतिशतभन्दा उच्च हो । इटाली केही पश्चिम युरोपेली मुलुकहरूभन्दा कमजोर अवस्थामा देखिए पनि, ग्रीसजस्ता राष्ट्रहरूको तुलनामा राम्रो अवस्थामा छ, जहाँ गरिबीको जोखिम २७ प्रतिशत पुगेको छ ।

यो अध्ययन अनुसार, विदेशी नागरिकहरू (प्रवासीहरू) गरिबीबाट अझ बढी प्रभावित छन् । पूर्ण रूपमा विदेशीहरूबाट बनेका घरपरिवारमध्ये ३५ प्रतिशत गरिबीको रेखामुनि रहेका छन्, जबकि केवल इटालियन नागरिकहरू भएका घरपरिवारमा यो सङ्ख्या ६ प्रतिशत मात्र रहेको छ । रासस
 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १२ : ०७ बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ