चितवनमा किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु « Khabarhub

चितवनमा किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः५० बजे भत्किएको थियो ।
 
भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए । उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४५ वर्षीय रमेश दमाइ र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनीहरूको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
 
यस्तै घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु रहेका छन् । घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको छभने अवस्था मध्यम रहेको खनालले जानकारी दिए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : १७ बजे

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको

आज पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौं– आज पौष शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीको व्रत गरिँदैछ

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा