एमालेको महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने ओलीको प्रस्ताव « Khabarhub

एमालेको महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने ओलीको प्रस्ताव


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफैं तेहेरिने योजनामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरेका छन् ।

बुधबार एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक तथा समसायिक विषय समेटिएको प्रतिवेदन पेश गर्दै उनले महाधिवेशन यही मंसिरमा गर्ने प्रस्ताव अघि सारेका हुन् ।

पूर्वप्रधानमन्त्री ओली तीन दिनसम्म चल्ने दशौँ केन्द्रीय कमिटीको बैठकमा उक्त प्रस्ताव पेश गरेपछि अब त्यसमा छलफल गरेर निर्णय गरिनेछ ।

ओलीले आफू कुनै हालतमा एमालेको नेतृत्व छाड्ने पक्षमा नरहेको बताएका छन् । उनले बुधबार सम्बोधनका क्रममा फेसबुकमा कसैले लेख्दैमा अध्यक्ष नछाड्ने बताए । बरू केन्द्रीय कमिटी र महाधिवेशनको निर्णयबाट मात्रै नेतृत्व छाड्ने अडान लिएका छन् ।


प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  २ : ०० बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ