ओलीले बुझेका जेन-जीका यी तीन माग « Khabarhub

ओलीले बुझेका जेन-जीका यी तीन माग


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना अहिलेको व्यवस्था र देश सिद्ध्याउने योजना अनुसारको घटना भएको बताएका छन् ।

बुधबार नेकपा एमाले केन्द्रीय कमिटी बैकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देखिएको घटना वर्षौँदेखिको प्रयासका कारण भएको बताए ।

ससद् मान्दैनौ, व्यवस्था मान्दैनौँ, व्यवस्था नै फेर्नुपर्छ भनेर वर्षौँ अघिदेखि भन्दै आएकाहरूले भदौ २३, २४ को घटना गराएका उनले दाबी गरे ।

‘सिंहदरबार जलाउँछौँ, अन्तराष्ट्रिय सम्मेलन केन्द्र जलाउँछौँ भनेकै हुने, चैत १५ मा पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाउनतिर गएकै हुन् त’, ओलीले भने ।

नेपालको सफलता, संस्कार, संस्कृति र गौरव मन नपराउने अन्तैबाट पालित पोषित तत्त्वले देश र देशको सम्पत्ति र सम्पदा मन नपराएका ओलीले बताए ।

सार्वजनिक धरोहर, सार्वजनिक सम्पत्ति, व्यक्तिका घर र औद्योगिक प्रतिष्ठान जलाउने, प्रहरीका हतियार र बर्दी खोस्ने जस्ता तमासा भएका ओलीले बताए । राष्ट्विादी र देश भक्तिपूर्ण आन्दोलनविरुद्ध यस्ता शक्ति लागेका उनले तर्क गरे ।

ओलीले जेन-जीको माग अहिलेका कुनै पनि घटनाक्रमसँग नजोडिएको बताए । उनीहरूको माग भ्रष्टाचार नियन्त्रण, सुशासन र बन्द गरिएका फेसबुकसहितका सामाजिक सञ्जाल खोल्नु पर्ने मात्रै रहेको दाबी गरे ।

तानाशाही र अधिनायकवादलाई फालेर लोकतन्त्र स्थापना गरिएको बताउँदै ओलीले ती सबै अप्ठेरा पार गरेर एमाले अहिलेको अवस्थामा आएको बताए ।

अहिले पनि एमाले असहज स्थितिमा रहेको बताउँदै त्यसलाई काँधमा बोकेर हिँड्ने उनले स्पष्ट पारेका छन् ।

भदौ २३ र २४ को घटना अनेपेक्षित नभएको बताउँदै उनले त्यसै दिन त्यस्तो अवस्था हुन्छ होला भन्ने आङ्कलन नगरिएको बताए ।

त्यही दिन त्यस तहको घटना होला भन्ने नभएकोले त्यसका लागि तयारी अवस्थामा नरहेको ओलीको भनाइ छ । ‘उनीहरू प्रयास त गरिरहेका थिए, तर हामी त्यसलाई रोक्छौँ भन्ने थियो, राज्य संयन्त्रकै प्रयोगबाट त्यसलाई रोक्न सकिन्थ्यो, तर सकिएन’, उनले भने ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  २ : १९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको