सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल « Khabarhub

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीति अवस्थाका बारेमा विभिन्न दलहरूसँग छलफल तथा परामर्श गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको बैठकमा दलका प्रतिनिधिहरूले आ-आफ्ना दलका तर्फबाट दृष्टिकोण र धारणा राखे । छलफलमा सभामुख घिमिरेले अहिलेको परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि आफ्नो महत्त्वपूर्ण भूमिका रहने जनाउँदै त्यसका लागि सबै दलको आवश्यक सहयोगको अपेक्षा गरे। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक रहनुभएका श्यामकुमार घिमिरेले कांग्रेस लोकतान्त्रिक दल भएकाले निर्वाचनबाट पछि नहट्ने जानकारी दिए । 

उनले भने, ‘प्रतिनिधिसभा विघटनको संवैधानिकताको अन्तिम व्याख्या गर्ने थलो सर्वोच्च अदालत हो । त्यहाँबाट होला, वर्तमान परिस्थितिमा निर्वाचनबाट हामी पछि हट्दैनौँ ।’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन मुख्य सचेतक महेशकुमार बर्तौलाले संसद् विघटनका सम्बन्धमा अदालतमा निवेदन परिसकेकाले त्यसको व्याख्याका सम्बन्धमा सर्वोच्च अदालतले आवश्यक निर्णय गर्ने विश्वास व्यक्त गरे।

 उनले जेन-जी प्रदर्शनका क्रममा उठेका जायज माग संसद्मार्फत संशोधन गरेर भोलिका दिनमा ताजा जनादेशका माध्यमबाट मुलुकलाई अघि बढाउन सकिने धारणा व्यक्त गरे। उनले संसद् पुनःस्थापना गरेर राजनीतिलाई मूलधारमा ल्याउन सकिने आफ्नो पार्टीको धारणा रहेको उल्लेख गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले सरकारले उपयुक्त वातावरण बनाएमा आफ्नो पार्टीले निर्वाचनमा जाने निर्णय गरेको जानकारी गराए। निर्वाचनले मात्रै वर्तमान राजनीतिलाई मूलधारमा ल्याउने उनले विश्वास व्यक्त गरे। 

 छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अधिकांश राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी थिए । 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  २ : १८ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा