एक सातामा ४ सय २८ जनामा देखियो डेंगु संक्रमण  « Khabarhub

एक सातामा ४ सय २८ जनामा देखियो डेंगु संक्रमण 


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगुको संक्रमण पुष्टी भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखा इडिसिडी ले सार्वजनिक गरेको तथ्यांक अनुसार यो संगै नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ९७ पुगेको छ । सबैभन्दा धेरै १५ सय ६२ जना संक्रमित रहेको गण्डकी प्रदेशमा यो साता भने संक्रमितको  संख्या  घटेको छ । 

यो साता बागमति प्रदेशमा सबैभन्दा धेरै १ सय २५ जनामा डेंगुको संक्रमण देखिएको इडिसिडीले जनाएको छ । त्यसपछि क्रमश कर्णाली प्रदेशमा १ सय १ जनामा संक्रमण देखिएको छ भने सुदुरपश्चिममा ५९, लुम्बिनीमा ५८, गण्डकीमा ४९, कोषीमा २८ र मधेश प्रदेशमा ८ जना गरी ४ सय २८ नयाँ संक्रमति थपिएका छन् । 

आगामी कात्तिक महिनासम्म डेंगु संक्रमणको जोखिम कायमै रहेकाले सावधानी अपनाउन इडिसिडीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  २ : ४५ बजे

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै