गुल्मीका ५१ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा « Khabarhub

गुल्मीका ५१ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तम्घास– सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमप्रति गुल्मीका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गराउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रमको सुरुआत गरिएको थियो । 

जिल्लाका ५१.६५ प्रतिशत नागरिकमा स्वास्थ्य बिमा पहुँचमा पुगेको छ । २०७८ सालको जनगणनाअनुसार जिल्लामा कूल दुई लाख ४६ हजार आठ सय ३६ जनसङ्ख्या रहेकोमा एक लाख २७ हजार तीन सय ५५ जनाले स्वास्थ्य बिमा गराएका छन् । जसमा महिला ६५ हजार छ सय ६६ र पुरुष ६१ हजार छ सय ८९ जना रहेका छन् । 

सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका २४ हजार पाँच सय ४१ जनाले स्वास्थ्य बिमा गराएका छन् । त्यसैगरी चन्द्रकोटका छ हजार चार सय, छत्रकोटका १२ हजार दुई सय ६३, धुर्कोटका १० हजार तीन सय पाँच, गुल्मी दरबारका १० हजार दुई सय १०, इस्माका सात हजार तीन सय ५० नागरिकले स्वास्थ्य बिमा गराएका छन् । 

त्यसैगरी कालीगण्डकीका छ हजार सात सय तीन, मदानेका तीन हजार छ सय ७६, मालिकाका आठ हजार एक सय ९९, मुसीकोटका सात हजार आठ सय ४१, रुरुक्षेत्रका १४ हजार ८५ तथा सत्यवतीका १५ हजार सात सय ८२ नागरिकले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड गुल्मीका प्रमुख सुवास घिमिरेले जानकारी दिए । 

जिल्लामा हालसम्म शुल्क लाग्ने साधारण समूहतर्फ २१ हजार ३३ परिवारका एक हजार पाँच सय २४ परिवार र ५० प्रतिशत छूटमा आठ सय ८३ महिला स्वास्थ्य स्वयंसेविकाका परिवारका चार हजार छ सय दुई जनाले स्वास्थ्य बिमा गराएका छन् । सरकारले ज्येष्ठ नागरिक, अपाङ्ग एवं विभिन्न रोग लागेकाहरूको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा पनि गराइदिएको छ । जसमा १७ हजार सात सय १२ ज्येष्ठ नागरिक निःशुल्क बिमाको पहुँचमा आएका छन् । 

‘क’ वर्गका अपाङ्गतर्फ सात सय ९३ परिवारका तीन हजार नौ सय ९९ जना, एचआइभी एड्स सङ्क्रमित एक सय ६६ परिवारका चार सय ८२ जना, कुष्ठरोगीका तीन परिवारका १२ जना तथा एमडीआर टिबीका छ परिवारका २५ जनाको पनि निःशुल्क स्वास्थ्य बिमा गराइएको स्वास्थ्य बिमा बोर्ड गुल्मीका प्रमुख घिमिरेले बताए । गुल्मीमा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको थियो । सरकारले तीन हजार पाँच सयमा एक परिवारका पाँच सदस्यसम्मको बिमा गर्दछ । जसमा एक लाख बराबरको औषधि–उपचार निःशुल्क प्राप्त गर्दछन् । 

त्यसैगरी परिवार सङ्ख्या पाँचभन्दा बढी भएमा प्रतिव्यक्ति रु सात सयका दरले प्रथम बिमा शुल्कमा थपिँदै जाने र सो रकमले रु २० हजार उपचार खर्च प्राप्त हुने स्वास्थ्य बिमा बोर्डले जनाएको छ । 
 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ४ : १६ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६