इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु « Khabarhub

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार भइरहेको तेल ट्यांकरमा बुधबार आगलागी हुँदा १० जनाको मृत्यु हुनुको साथै अन्य २१ जना घाइते भएको जनाइएको छ ।

पीडितहरू बटुआजी क्षेत्रको पिटि एएसएल शिपयार्ड इन्डोनेसियामा ट्यांकरमा काम गर्ने टेक्निसियनहरू रहेको जनाइएको छ ।

आगलागी स्थानीय समय अनुसार बिहान ४ बजे सुरु भएको जनाइको छ । बटुआजीका प्रहरी प्रमुख द्वी लाम्बाङले यस अघि जुन महिनामा एउटा जहाजमा आगलागीको घटना हुँदा चार जना कामदारको मृत्यु भएको बताएका छन् ।  

अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको जनाएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ६ : २९ बजे

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका

रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा