पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश « Khabarhub

भेपमा सुन तस्करी प्रकरण

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।

सुन तस्करीमा पक्राउ परेका पूर्वसभामुख महराको थुनछेक बहसपछि अदालतले बुधबार यस्तो आदेश गरेको हो ।
 
यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा करिब साढे ८ करोड बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले महरालाई आइतबार ललितपुरको खुमलटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।

दुबईबाट आएको जहाजमा इलेक्ट्रिक सिग्रेट (भेप) मा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करी प्रकरणमा महराविरुद्ध मुद्दा दायर गरिएको हो ।

सरकारी वकिलको कार्यालयका अनुसार महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार बराबरको बिगो मागदाबी गरिएको थियो । यो मुद्दामा मंगलबारदेखि थुनछेक बहस भएर बुधबार आदेश जारी भएको हो ।

चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याएको सुन तस्करीमा महराको संलग्नता देखिएको दाबी सीआईबीले गरेको छ। महराविरुद्ध कसुरको पूरक अभियोग सोमबार दर्ता भएको थियो ।

यसअघि बिहीबार मात्रै महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेर बयान दिएका थिए ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका उनलाई अन्तरिम सरकारले फेरि अनुसन्धानमा तानेको हो । अख्तियारमा बयान दिएर आएको तीन दिनपछि नै महरा सीआईबीको हिरासतमा पुगेर अब जेल यात्रा गर्नुपरेको छ।

यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेको पालामा पक्राउ परेका उनलाई बिरामी भएको बहानामा हाजिरी जमानीमा छाडिएको थियो ।

त्यसबेला प्रधानमन्त्री पनि माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । महरामाथि तीनवर्षअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको प्रकरणमा अख्तियारले अनुसन्धान गरेको थियो।

भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर माओवादीका उपाध्यक्ष उनी सत्ता र शक्तिको भरमा बाहिरै थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : १० बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही