टी–२० विश्वकपमा पुगेपछि रोहित भन्छन्- सपना देख्यौं, विश्वास गरेर पूरा गर्‍यौं « Khabarhub

टी–२० विश्वकपमा पुगेपछि रोहित भन्छन्- सपना देख्यौं, विश्वास गरेर पूरा गर्‍यौं


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पुग्न सफल भएको छ। नेपालले दुई खेलअगावै पुनः विश्वकप यात्रा सुनिश्चित गरेको हो।

यो उपलब्धिपछि कप्तान रोहितकुमार पौडेलले टोलीको सफलतापछि सामाजिक सञ्जालमार्फत भावनात्मक प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन् ।

पौडेलले यो उपलब्धि सम्पूर्ण नेपालीका लागि भएको उल्लेख गर्दै यसलाई समर्पण, विश्वास र एकताको परिणाम भनेका छन्। उनले भनेका छन्, ‘हामीले सपना देख्यौं, विश्वास गर्‍यौं र त्यसलाई पूरा गर्‍यौं। यो हाम्रो मात्र होइन, सम्पूर्ण नेपालीहरूको विजय हो।’

नेपालले यसअघि सन् २०२४ मा भएको टी–२० विश्वकपमा पहिलो पटक खेल्ने मौका पाएको थियो। दोस्रो पटक लगातार विश्वकपमा स्थान बनाउन सफल हुँदै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति मजबुत पारेको छ।

क्रिकेट प्रेमी र समर्थकहरू सामाजिक सञ्जालमा खुशी साट्दै नेपाली टोलीप्रति गर्व व्यक्त गरिरहेका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : ०३ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार