जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी « Khabarhub

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटपाट गरी प्रदर्शनमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसारसिंहदरबारको मुख्य गेट अगाडीसहितका विभिन्न स्थानमा भएको तोडफोड र आगजनी घटनामा संलग्न राजु परियार (सम्राट)लाई पक्राउ गरिएको हो।

उनी ललितपुर महानगरपालिका–२६, सुनाकोठी बसोबास गर्ने ३६ वर्षीय व्यक्ति हुन्। परियारले प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रयोग गर्ने सेल्फ लोडिङ राइफल (एसएलआर) बोकेर सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याएको आरोप लागेको प्रहरीले जनाएको छ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनलाई अनुसन्धानको दायरामा राखिएको जिल्ला प्रहरी परिसले जनाएको छ। प्रहरीका अनुसार परियार यसअघि पनि बैंकिङ कसुर र ठगीजस्ता आपराधिक गतिविधिमा संलग्न रहिसकेका थिए। उनीमाथि विभिन्न आठवटा मुद्दा लागेको खुलेको छ ।

उनीविरुद्ध यसअघि ८ स्थानमा जाहेरी दर्ता भएको थियो । यस पटकसहित उनी ७ पटक पक्राउ परिसकेका छन् ।जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटपाट गरी प्रदर्शनमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार सिंहदरबारको मुख्य गेट अगाडीसहितका विभिन्न स्थानमा भएको तोडफोड र आगजनी घटनामा संलग्न राजु परियार (सम्राट)लाई पक्राउ गरिएको हो। उनी ललितपुर महानगरपालिका–२६, सुनाकोठी बसोबास गर्ने ३६ वर्षीय व्यक्ति हुन्।

परियारले प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रयोग गर्ने सेल्फ लोडिङ राइफल (एसएलआर) बोकेर सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याएको आरोप लागेको प्रहरीले जनाएको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनलाई अनुसन्धानको दायरामा राखिएको जिल्ला प्रहरी परिसले जनाएको छ।

प्रहरीका अनुसार परियार यसअघि पनि बैंकिङ कसुर र ठगीजस्ता आपराधिक गतिविधिमा संलग्न रहिसकेका थिए। उनीमाथि विभिन्न आठवटा मुद्दा लागेको खुलेको छ । उनीविरुद्ध यसअघि विभिन्न ८ स्थानमा जाहेरी दर्ता भएको थियो ।

यसअघिका जाहेरी

(१) जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडाैंमा (मुद्दा नं. ६५८ मिति २०६४।१०।२० गते) ज्यान मार्ने उद्योग मुद्धामा प्रतिवादी ।

(२) जिल्ला प्रहरी परिसर ललितपुरमा रोमन महर्जनको जाहेरीले (मुद्दा नं.१९५ मिति २०७०।०६।१४ गते) ज्यानमार्ने उद्योग मुद्धामा प्रतिवादी ।

(३) प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौंमा रवि तामाङको जाहेरीले (मुद्दा नं. २७८ मिति २०७५।०९।१३ गते) ठगी सम्बन्धी मुद्दामा प्रतिवादी।

(४) प्रहरी वृत्त महाराजगन्ज, काठमाडौंमा राजकुमार खड्कीको जाहेरीले (मुद्दा नं. ७२० मिति २०७१।०९।१७ गते) बैंकिङ कसूर सम्बन्धी मुद्धामा प्रतिवादी ।

(५) जिल्ला प्रहरी परिसर ललितपुरमा मिक्सार तामाङ समेतको जाहेरीले (मुद्दा नं.३३ मिति २०८०।०४।०७ गते) ठगी सम्बन्धी मुद्दामा प्रतिवादी ।

(६) जिल्ला प्रहरी परिसर ललितपुरमा गोविन्द रिमालको जाहेरीले (मुद्दा नं.४७ मिति २०६५।०५।१० गते) अभद्र व्यवहारसम्बन्ध कसूर मुद्दामा प्रतिवादी।

(७) प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौंमा रवि तामाङको जाहेरीले (मुद्दा नं.२७८ मिति २०७५।०९।१३ गते) अभद्र व्यवहार सम्बन्धी कसूर मुद्दामा प्रतिवादी ।

(८) प्रहरी वृत्त स्वयम्भू, काठमाडौंमा सुदन बैजुको जाहेरीले (मुद्दा नं. ८० मिति २०७१।०१।१९ गते) ठगी सम्बन्धी मुद्दामा मुद्दा दर्ता भई प्रतिवादी ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ९ : ३३ बजे

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई