नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई « Khabarhub

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपाल छनोट भएपछि छिमेकी भारतबाट बधाई आइरहेको छ।

काठमाडौंस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई शुभकामना र बधाई दिएको छ । ‘भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा छनोट भएकोमा नेपाल क्रिकेट टोलीलाई बधाई’, दूतावासले भनेको छ।

उता इन्डियन प्रिमियर लिग (आईपीएल) टिम चेन्नई सुपर किङ्ग्सले पनि सामाजिक सञ्जालमार्फत बधाई दिएको छ । उसले विश्वपकपका लागि छनोट भएकोमा फेसबुकमा नेपाललाई बधाई सन्देश लेखेको छ।

त्यसैगरीअर्को आईपीएल टोली राजस्थान रोयल्सले पनि नेपाली टोलीलाई शुभकामना र बधाई दिएको छ । उसले पनि मीठो बधाई सन्देशसहित नेपाली क्रिकेट टीम र नेपाल क्रिकेट एसोसियसनको प्रशंसा गरेको छ ।

ओमानमा जारी टी–२० एसिया–ईस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको छ। नेपालको यो उपलब्धिलाई भारत लगायत अन्तर्राष्ट्रिय क्रिकेट समुदायले प्रशंसा गर्दै बधाई दिएका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ११ : ११ बजे

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।