नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई « Khabarhub

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपाल छनोट भएपछि छिमेकी भारतबाट बधाई आइरहेको छ।

काठमाडौंस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई शुभकामना र बधाई दिएको छ । ‘भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा छनोट भएकोमा नेपाल क्रिकेट टोलीलाई बधाई’, दूतावासले भनेको छ।

उता इन्डियन प्रिमियर लिग (आईपीएल) टिम चेन्नई सुपर किङ्ग्सले पनि सामाजिक सञ्जालमार्फत बधाई दिएको छ । उसले विश्वपकपका लागि छनोट भएकोमा फेसबुकमा नेपाललाई बधाई सन्देश लेखेको छ।

त्यसैगरीअर्को आईपीएल टोली राजस्थान रोयल्सले पनि नेपाली टोलीलाई शुभकामना र बधाई दिएको छ । उसले पनि मीठो बधाई सन्देशसहित नेपाली क्रिकेट टीम र नेपाल क्रिकेट एसोसियसनको प्रशंसा गरेको छ ।

ओमानमा जारी टी–२० एसिया–ईस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको छ। नेपालको यो उपलब्धिलाई भारत लगायत अन्तर्राष्ट्रिय क्रिकेट समुदायले प्रशंसा गर्दै बधाई दिएका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ११ : ११ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार