परम्परागत बाटो मासिँदै जाँदा मानव–हात्ती द्वन्द्व बढ्दै (फोटोफिचर) « Khabarhub

परम्परागत बाटो मासिँदै जाँदा मानव–हात्ती द्वन्द्व बढ्दै (फोटोफिचर)


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र भारतबीच रहेको खुला सिमाना केवल दुई देशका जनताहरूको लागि मात्र नभएर दुई देशको सीमा क्षेत्रमा रहेका विभिन्न वन्यजन्तु संरक्षण निकुञ्जका वन्यजन्तुहरूले पनि प्रयोग गर्ने गर्दछन् ।

नेपालको तराई भूभागका जङ्गल क्षेत्र भारतका जङ्गल क्षेत्रसँग जोडिएका छन् । जसले गर्दा यहाँ वन्यजन्तुहरूको आवागमन पनि निकै हुनेगर्दछ ।

पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुन्ज र भारतको उत्तर प्रदेशस्थित कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीका जङ्गली हात्तीको परम्परागत बसाइ सर्ने बाटो रहेको छ ।

जहाँ हरेक वर्ष कयौँ जङ्गली हात्ती बसाइँसराई गरी नेपाल र भारत आवतजावत गर्ने गर्दछन् । मानव निर्मित संरचना, बस्ती, खेती, तारबार आदिले हाल जङ्गली हात्तीको परम्परागत बाटो मासिएको छ, जसका कारण मानिसहरूसँग उनीहरूको द्वन्द्व बढ्दो छ । खानेकुराको खोजी र वर्षाको पानीबाट बच्नका लागि हात्तीहरू बसाइँ सर्ने गर्छन् ।

प्रत्येक वर्ष यिनीहरूको बसाइँ सर्ने बाटोमा मानव निर्मित संरचनाहरू थपिँदै छन् । जसले गर्दा हात्ती र मानिसहरू बिच द्वन्द्व बढ्दो देखिन्छ । हात्तीको समूहको नाइके जहिले पनि पोथी हात्ती हुन्छ भने धेरै जसो समूहमा एउटा ठूलो भाले हात्ती हुन्छ, जसले बडीगार्डको काम गर्छ ।

एउटा हात्ती बच्चा हुँदा जुन बाटो हिँड्छ बूढो हुँदासम्म पनि त्यही बाटो हिँड्ने गर्छ र उनीहरूलाई खाने कुरा र खनिज कहाँकहाँ पाइन्छ भनेर थाहा हुन्छ ।

हात्तीलाई उनीहरूको परम्परागत बाटोबाट हिँड्न मात्र दिने हो भने पनि मानव वन्यजन्तुबीच द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति न्यूनिकरण गर्न सकिन्छ । तर हाम्रो बाटोघाटो, नहर, खेती गर्ने जमिन आदि उनीहरूको बाटोमा परेको छ ।

हाम्रा पूर्वाधारहरू पनि वन्यजन्तुमैत्री छैनन् । जसले गर्दा द्वन्द्व न्यूनिकरणमा समस्या परेको देखिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ९ : २१ बजे

थाइल्यान्ड-कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास

एजेन्सी– चीनले दक्षिणपूर्व एसियाली कूटनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने

अदालतको आदेशपछि दीपेन्द्र अग्रवाल धरौटीमा रिहा, सेबोन अध्यक्ष श्रेष्ठको प्रयासमा ब्रेक

काठमाडौं – सेयर बजारका ठूला लगानीकर्ता दीपेन्द्र अग्रवाललाई हिरासतमा राखेर

एकताका नाममा फुट्यो अशोक राईको जसपा, अधिकांश मधेशवादी नेता उपेन्द्रतिर फर्किए

काठमाडौं- पार्टी एकताका नाममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

काठमाडौं–  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रातको समयमा सवारीसाधन व्यवस्थापनमा

खादामाला प्रवृत्तिप्रति खबरदारी : अतिथिलाई सर्वज्ञानी नबनाऔँ

काठमाडौं- ‘अतिथि देवो भव’ अर्थात् पाहुना भगवानका रुप हुन् ।