परम्परागत बाटो मासिँदै जाँदा मानव–हात्ती द्वन्द्व बढ्दै (फोटोफिचर) « Khabarhub

परम्परागत बाटो मासिँदै जाँदा मानव–हात्ती द्वन्द्व बढ्दै (फोटोफिचर)


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र भारतबीच रहेको खुला सिमाना केवल दुई देशका जनताहरूको लागि मात्र नभएर दुई देशको सीमा क्षेत्रमा रहेका विभिन्न वन्यजन्तु संरक्षण निकुञ्जका वन्यजन्तुहरूले पनि प्रयोग गर्ने गर्दछन् ।

नेपालको तराई भूभागका जङ्गल क्षेत्र भारतका जङ्गल क्षेत्रसँग जोडिएका छन् । जसले गर्दा यहाँ वन्यजन्तुहरूको आवागमन पनि निकै हुनेगर्दछ ।

पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुन्ज र भारतको उत्तर प्रदेशस्थित कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीका जङ्गली हात्तीको परम्परागत बसाइ सर्ने बाटो रहेको छ ।

जहाँ हरेक वर्ष कयौँ जङ्गली हात्ती बसाइँसराई गरी नेपाल र भारत आवतजावत गर्ने गर्दछन् । मानव निर्मित संरचना, बस्ती, खेती, तारबार आदिले हाल जङ्गली हात्तीको परम्परागत बाटो मासिएको छ, जसका कारण मानिसहरूसँग उनीहरूको द्वन्द्व बढ्दो छ । खानेकुराको खोजी र वर्षाको पानीबाट बच्नका लागि हात्तीहरू बसाइँ सर्ने गर्छन् ।

प्रत्येक वर्ष यिनीहरूको बसाइँ सर्ने बाटोमा मानव निर्मित संरचनाहरू थपिँदै छन् । जसले गर्दा हात्ती र मानिसहरू बिच द्वन्द्व बढ्दो देखिन्छ । हात्तीको समूहको नाइके जहिले पनि पोथी हात्ती हुन्छ भने धेरै जसो समूहमा एउटा ठूलो भाले हात्ती हुन्छ, जसले बडीगार्डको काम गर्छ ।

एउटा हात्ती बच्चा हुँदा जुन बाटो हिँड्छ बूढो हुँदासम्म पनि त्यही बाटो हिँड्ने गर्छ र उनीहरूलाई खाने कुरा र खनिज कहाँकहाँ पाइन्छ भनेर थाहा हुन्छ ।

हात्तीलाई उनीहरूको परम्परागत बाटोबाट हिँड्न मात्र दिने हो भने पनि मानव वन्यजन्तुबीच द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति न्यूनिकरण गर्न सकिन्छ । तर हाम्रो बाटोघाटो, नहर, खेती गर्ने जमिन आदि उनीहरूको बाटोमा परेको छ ।

हाम्रा पूर्वाधारहरू पनि वन्यजन्तुमैत्री छैनन् । जसले गर्दा द्वन्द्व न्यूनिकरणमा समस्या परेको देखिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ९ : २१ बजे

जिल्ला प्रशासन हुम्लाद्वारा मदिरा बिक्री वितरणमा रोक

हुम्ला– जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागू हुनेगरी जिल्लाभर पूर्णरूपमा

प्रतिनिधिसभा निर्वाचन : धनुषाका ८८ उम्मेदवारले मात्रै खोले बैंक खाता

जनकपुरधाम– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषाका ८८ जना उम्मेदवारले मात्र बैंक खाता

काठमाडौं महानगरका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक

कांग्रेस सभापति थापाले आज मधेशका चार जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेस प्रदेशका चार

म्याग्दीको दरखोलामा पुल नबन्दा स्थानीयलाई समस्या

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा