एनपीएलको तयारी पूरा, विजेता टोलीले पाउँनेछ एक करोड १० लाख « Khabarhub

एनपीएलको तयारी पूरा, विजेता टोलीले पाउँनेछ एक करोड १० लाख


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । 

पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरूप एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । 

त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले १५ लाख प्राप्त गर्नेछ । 

एनपीएलमा विभिन्न आठ फ्रेन्चाइज टोली सहभागी हुनेछन् । उद्‌घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ३ : २१ बजे

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने