भारत र श्रीलंकाको संयुक्त सैन्य अभ्यास « Khabarhub

भारत र श्रीलंकाको संयुक्त सैन्य अभ्यास


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र श्रीलंकाका सैनिकले संयुक्त अभ्यास सञ्चालन गरेका छन् । दुई देशका सैनिकबीचको अभ्यासलाई ‘मित्र शक्ति २०२५’ नाम दिइएको छ ।

आगामी नोभेम्बर २३ सम्म सञ्चालन हुने अभ्यासमा दुई मुलुकका सैनिकहरुले सैन्य समाञ्जस्यता कायम राख्ने विषयमा प्रशिक्षण लिने भारतको हिन्दू अखबारले जनाएको छ । यस अभ्यासमा सैनिकहरुले शहरी र अर्ध शहरी क्षेत्रमा सैन्य कारवाही सञ्चालन गर्नेबारे तालिम लिने जनाइएको छ ।

भारतको कर्णाटकस्थित बेलगाभी क्षेत्रमा अभ्यास सञ्चालन भइरहेको हो । भारतीय सेनाको जनसम्पर्क महानिर्देशनालयले जारी गरेको विज्ञप्तिमा यस अभ्यासले क्षेत्रीय शान्ति र सुरक्षा कायम राख्दै द्विपक्षीय रक्षा तथा रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ८ : ५६ बजे

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल