भारत र श्रीलंकाको संयुक्त सैन्य अभ्यास « Khabarhub

भारत र श्रीलंकाको संयुक्त सैन्य अभ्यास


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र श्रीलंकाका सैनिकले संयुक्त अभ्यास सञ्चालन गरेका छन् । दुई देशका सैनिकबीचको अभ्यासलाई ‘मित्र शक्ति २०२५’ नाम दिइएको छ ।

आगामी नोभेम्बर २३ सम्म सञ्चालन हुने अभ्यासमा दुई मुलुकका सैनिकहरुले सैन्य समाञ्जस्यता कायम राख्ने विषयमा प्रशिक्षण लिने भारतको हिन्दू अखबारले जनाएको छ । यस अभ्यासमा सैनिकहरुले शहरी र अर्ध शहरी क्षेत्रमा सैन्य कारवाही सञ्चालन गर्नेबारे तालिम लिने जनाइएको छ ।

भारतको कर्णाटकस्थित बेलगाभी क्षेत्रमा अभ्यास सञ्चालन भइरहेको हो । भारतीय सेनाको जनसम्पर्क महानिर्देशनालयले जारी गरेको विज्ञप्तिमा यस अभ्यासले क्षेत्रीय शान्ति र सुरक्षा कायम राख्दै द्विपक्षीय रक्षा तथा रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ८ : ५६ बजे

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग