२०८२ साल मंसिर २९ गते सोमबारको राशिफल « Khabarhub

२०८२ साल मंसिर २९ गते सोमबारको राशिफल


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर २९ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर १५  तारिख । पुष कृष्ण पक्षको एकादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि सोमबारका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ । पठनपाठनमा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । आम्दानीका स्रोत खुल्नेछन् । लगानी गरेको भए फाइदा हुनेछ । स्वदेशमा भन्दा विदेशमा आकर्षण बढ्नेछ । लगानी भए स्वदेशमा फाइदा हुनेछ ।

वृष : साना कुराले मनमा झन्झट बढ्नेछ । राज्यको तर्फबाट भय हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । गोपनीयतालाई सुरक्षित गर्नुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन राम्रो छ । लगानीका क्षेत्र सबल छन् । दैनिक काममा भन्दा व्यापारमा फाइदा हुनेछ । कतै घुम्न जाने याेग छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन सहज बन्नेछ । मन शान्त हुनेछ । आफूभन्दा ठुला व्यक्तिको सुझाव लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ । कृषि र पशुपन्छीको क्षेत्रमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ ।

सिंह : दिन राम्रो छ । लगानीका स्रोत फैलिने देखिन्छ । सानो लगानी भए पनि आम्दानी बढ्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा खटपटी बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ ।

कन्या : धनलक्ष्मी योग परेकाले सदुपयोग गर्नुहोला । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । परीक्षामा राम्रो नतिजा प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा विपक्षी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ ।

तुला : मनमा खुशी मिल्नेछ । गुरुबाट लिएको सुझावले भविष्य बन्नेछ । आफूभन्दा ठुला व्यक्तिको सुझाव अनुसार काम गर्नु राम्रो हुनेछ । बिहान उठेर पिपलको दर्शन गर्नु राम्रो हुनेछ ।

वृश्चिक : दिन सामान्य छ । सहयोगी भन्दा विरोधी साथीहरु धेरै भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । बन्धुले साथ नदिने हुनाले विश्वास नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ ।

धनु : आज मिष्ठान्न भोजन हुनेछ । पूराना साथीभाइसँगको भेटले मनमा खुसी मिल्नेछ । गुम्न लागेको धन हात लाग्नेछ । सामाजिक संघ संस्था र राज्यको तर्फबाट प्राप्त अवसरको सदुपयोग गर्नुपर्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा परिवारमा भने खटपटी बढ्नेछ ।

मकर : शिक्षाको क्षेत्रमा उदय हुनेछ । स्वास्थ्य सबल छ । वैदेशिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । परिवारले भने तपाईंमाथि शंका गर्नेछ ।

कुम्भ : आफन्तको सहयोग मिल्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । साथीमाइले सहयोग गर्नेछन् । वैदेशिक रोजगारीबाट आम्दानी हुनेछ ।

मीन : दिन सामान्य छ । आफन्तले धोका दिने दिन छ । गोपनीयता सुरक्षित गर्नु राम्रो हुनेछ । स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । घरको र भन्दा अपरिचित व्यत्तिले प्रशंसा गर्ने योग छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : १२ बजे

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?

काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर