एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता « Khabarhub

एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार सोमबार उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्म कार्यक्रम रहेका छन् ।

महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्।

सोमबार मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको दाबी विरोधको सूचना प्रकाशन, दाबी विरोधउपर छानविन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फारम वितरण, उम्मेदवारको दरखास्त फारम दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोध उजुरी दिने, उजुरीउपर छानविन र निर्णय, उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ ।

त्यस्तै, पुस १ गते मंगलबार बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान समय तोकिएको छ । विद्युतीय मेशिनमा मतदानपछिको मतगणना, निर्वाचनको परिणाम घोषणा, प्रमाणपत्र प्रदान, शपथ ग्रहणलगायतका कार्यक्रम तालिकामा समावेश गरिएको छ ।

सोमबार बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम छ । दरखास्त दर्ता सकिएपछि दिउँसो २:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । प्रारम्भिक नामावली सार्वजनिक भएपछि उम्मेदवारविरुद्ध उजुरी दिने समय २:३० बजेदेखि ३ बजेसम्म दिइएको छ । आजै साँझ ६:०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ ।

मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको एमालेको ११औँ महाधिवेशनको बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ । महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : ०९ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक