एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल « Khabarhub

एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो।

पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ। नेपाल र बंगलादेशको खेल दुबईमा सुरु हुँदैछ।

यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल आठ विकेटले पराजित भएको हो। जितको लागि दिएको ८३ रनको लक्ष्य श्रीलंकाले १४ दशमलव ५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८।५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १० : ५३ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज