केपी ओलीले महासचिवमा शंकरलाई नै निरन्तरता दिने, अरू नेता असन्तुष्ट « Khabarhub

केपी ओलीले महासचिवमा शंकरलाई नै निरन्तरता दिने, अरू नेता असन्तुष्ट


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली समूहले पुरानै महासचिव शंकर पोखरेललाई दोहोर्‍याउने निर्णय गरेको छ।

अध्यक्ष ओलीले दुई दिनदेखि गुण्डुमा चलेको गुट बैठकबाट पोखरेललाई नै महासचिवमा दोहोर्‍याउने निर्णय गरेका हुन् ।

तर शंकरलाई महासचिवमा प्रस्ताव गरिएपछि अर्का दाबेदार उपमहासचिव प्रदीप ज्ञवालीले भने बैठक नै छाडेर हिँडेका छन् ।

उनी र पृथ्बी सुब्बा गुरुङले महासचिवमा दाबी गरेका थिए। तर ओलीले शंकरलाई नै निरन्तरता दिने भएपछि ज्ञवालीले आफू अब कुनै पदमा उम्मेदवारी नदिने निर्णय सुनाउँदै गुण्डुबाट बाहिरिएका हुन् ।

तर ओलीले उनलाई मंगलबारसम्म मनाएर उपाध्यक्षमा उठाउने तयारी गरेका छन् । उता पृथ्बी सुब्बालाई पनि उपाध्यक्षमा लाने तयारी ओलीको छ।

पोखरालाई महासचिवमा रोक्ने पक्षमा ज्ञवाली र उपाध्यक्ष विष्णु पौडेल थिए । त्यसमा पृथ्वी सुब्बाको पनि साथ थियो । तर ओलीले शंकरलाई नै महासचिवमा अगाडि सार्ने निश्चित भएपछि विवाद झन् बढेको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ११ : ३४ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)