ईश्वर पोखरेलसहितका नेता भन्छन् : पुरानो नेतृत्वमाथि अनेक प्रश्न छन्, हामी विकल्प दिन्छौँ « Khabarhub

ईश्वर पोखरेलसहितका नेता भन्छन् : पुरानो नेतृत्वमाथि अनेक प्रश्न छन्, हामी विकल्प दिन्छौँ


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको अध्यक्षका उम्‍मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढंगले अघि बढाउन नेतृत्वमा दाबी गरेको बताएका छन् ।

सोमबार भृकुटिमण्डपस्थित महाधिवशेनस्थलमा सञ्चारकर्मीसंँग कुरा गर्दै पोखरेलले पार्टीलाई विधि पद्धति अनुरुप ठीक ढंगले चलाउन नेतृत्वमा दाबी गरेको बताए ।

अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको उहाले बताए । उनले पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने र नेतृत्वमा पुनर्व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे ।

पोखरेलले बहुदलीय जनवादले निर्देशित एमालेमा आन्तरिक प्रतिस्पर्धालाई अस्वभाविक मान्न नहुने जिकिर गरे ।

त्यस्तै ईश्वर पक्षका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले एमाले प्रतिनिधिले पार्टीलाई एकताबद्ध गर्न आफूहरूलाई सहयोग गर्ने बताए ।

त्यस्तै उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले चूनावी प्रतिष्पर्धा भएपनि कसैप्रति पूर्वाग्रह नहुने बताए । नेतृत्व परिवर्तन र हस्तान्तरण समयको माग भएकाले सामूहिकतामा पार्टीलाई चलाउन उम्मेदवारी दिएको उनले बताए ।

त्यस्तै उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले पार्टीको पुरानै नेतृत्वप्रति धेरै प्रश्न उठेकाले नयाँ नेतृत्वका साथ पार्टीलाई अघि बढाउनुपर्ने बताए ।

त्यसैगरि सचिव पदमा उम्मेदवार कर्ण थापाले अध्यक्षले नै टीमको घोषणा गरेकाले आफुहरु पनि छुटै टीम घोषणा गरिएको धारणा राखे । उनले अब सहमतिको सम्भावना नरहेकाले लोकतान्त्रिक विधिअनुसार नेतृत्व चयन हुने जिकिर गरे ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ०९ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित