ईश्वर पोखरेलसहितका नेता भन्छन् : पुरानो नेतृत्वमाथि अनेक प्रश्न छन्, हामी विकल्प दिन्छौँ « Khabarhub

ईश्वर पोखरेलसहितका नेता भन्छन् : पुरानो नेतृत्वमाथि अनेक प्रश्न छन्, हामी विकल्प दिन्छौँ


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको अध्यक्षका उम्‍मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढंगले अघि बढाउन नेतृत्वमा दाबी गरेको बताएका छन् ।

सोमबार भृकुटिमण्डपस्थित महाधिवशेनस्थलमा सञ्चारकर्मीसंँग कुरा गर्दै पोखरेलले पार्टीलाई विधि पद्धति अनुरुप ठीक ढंगले चलाउन नेतृत्वमा दाबी गरेको बताए ।

अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको उहाले बताए । उनले पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने र नेतृत्वमा पुनर्व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे ।

पोखरेलले बहुदलीय जनवादले निर्देशित एमालेमा आन्तरिक प्रतिस्पर्धालाई अस्वभाविक मान्न नहुने जिकिर गरे ।

त्यस्तै ईश्वर पक्षका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले एमाले प्रतिनिधिले पार्टीलाई एकताबद्ध गर्न आफूहरूलाई सहयोग गर्ने बताए ।

त्यस्तै उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले चूनावी प्रतिष्पर्धा भएपनि कसैप्रति पूर्वाग्रह नहुने बताए । नेतृत्व परिवर्तन र हस्तान्तरण समयको माग भएकाले सामूहिकतामा पार्टीलाई चलाउन उम्मेदवारी दिएको उनले बताए ।

त्यस्तै उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले पार्टीको पुरानै नेतृत्वप्रति धेरै प्रश्न उठेकाले नयाँ नेतृत्वका साथ पार्टीलाई अघि बढाउनुपर्ने बताए ।

त्यसैगरि सचिव पदमा उम्मेदवार कर्ण थापाले अध्यक्षले नै टीमको घोषणा गरेकाले आफुहरु पनि छुटै टीम घोषणा गरिएको धारणा राखे । उनले अब सहमतिको सम्भावना नरहेकाले लोकतान्त्रिक विधिअनुसार नेतृत्व चयन हुने जिकिर गरे ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ०९ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)