कङ्गोबाट यसवर्ष झण्डै पाँच लाख मानिस विस्थापित « Khabarhub

कङ्गोबाट यसवर्ष झण्डै पाँच लाख मानिस विस्थापित


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई सातादेखिको तीव्र लडाइँका कारण पाँच लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । तीमध्ये एक लाखभन्दा बढी बालबालिका रहेका छन् । यसबारे संयुक्त राष्ट्र बाल कोषले आइतबार जानकारी दिएको हो ।

संस्थाले दक्षिण किभुमा हिंसात्मक गतिविधि तीव्र रूपमा बढेकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न द्वन्द्वमा संलग्न सबै पक्षलाई आह्वान गरेको छ।

हिंसाले अझ फैलिँदै गएपछि विस्थापितको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ । डिसेम्बर २ यता भएको लडाइँका क्रममा कम्तीमा चार बालबालिकासहित सयौँ मानिसको ज्यान गएको छ ।

छिमेकी बुरुन्डीमा पनि हिंसाबाट भागेका व्यक्तिहरूको सङ्ख्या तीव्र रूपमा बढेको छ । डिसेम्बर ६ देखि ११ सम्म पचास हजारभन्दा बढी नयाँ आगन्तुकहरू पहिचान भएका छन्, जसको करिब आधा बालबालिका रहेका छन् । शरणार्थीको पहिचान प्रक्रिया जारी रहेकाले यो सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ ।

यसै साता मार्च २३ आन्दोलन नामक विद्रोही समूहले दक्षिण किभुको दोस्रो ठूलो सहर उभिरा नियन्त्रणमा लिएको घोषणा गरेको थियो। यसअघि प्रान्तीय राजधानी बुकाभु फेब्रुअरीमा विद्रोही समूहको नियन्त्रणमा परेपछि उभिरालाई अस्थायी प्रशासनिक केन्द्रका रूपमा प्रयोग गरिएको थियो ।

विशेषज्ञहरूले उभिरा गुम्दा समयक्रममा दक्षिणपूर्वी क्षेत्रतर्फ मार्ग खुल्न सक्ने चेतावनी दिएका छन् । बाराका र फिजी क्षेत्रहरूमा पनि सरकारी सुरक्षा बल र विद्रोही समूहबीच झडप भइरहेको छ ।
 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ५१ बजे

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने