‘अन्तर-जिल्ला मतदानका लागि पहल होस्’ « Khabarhub

‘अन्तर-जिल्ला मतदानका लागि पहल होस्’


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोग समक्ष राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर-जिल्ला मतदानका लागि पहल गर्न अनुरोध गरेको छ ।
 
आयोगलाई त्यस विषयमा ध्यानाकर्षण गराउँदै समाजले विभिन्न कारणले स्थायी ठेगानाभन्दा फरक  जिल्लामा रहेका मतदातालाई मताधिकार प्रयोग गर्न पाउने गरी अन्तर–जिल्ला मतदान अधिकारको व्यवस्था गर्न आग्रह गरेको हो । 

समाजका अध्यक्ष फणिन्द्र नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले अन्तर–जिल्ला रुपमा बसोबास गर्ने मतदातालाई पनि सहज रूपमा मतदान गर्न पाउने व्यवस्था आवश्यक रहेको बताए।
 
उनले भने ‘आगामी निर्वाचनमा अन्तर–जिल्ला मतदान, अस्थायी मतदाता दर्ता वा प्रविधिमार्फत सुरक्षित मतदान प्रणाली लागू गर्न सकिने सम्भावना छ ।’

समाजले नेपालका धेरै नागरिक शिक्षा, रोजगारी, व्यापार तथा अन्य कारणले स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसोबास गरिरहेकाले स्थायी ठेगानामै जानुपर्ने बाध्यताका कारण धेरै नागरिक मतदानबाट वञ्चित हुनुपरेको विषयमा जानकारी गराएको अध्यक्ष नेपालले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : १६ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)