गण्डकी प्रज्ञा प्रतिष्ठान आठ महिनादेखि पदाधिकारीविहीन « Khabarhub

गण्डकी प्रज्ञा प्रतिष्ठान आठ महिनादेखि पदाधिकारीविहीन


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रज्ञा प्रतिष्ठान विगत आठ महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ । यसअघि चार वर्षका लागि नियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्याकाल गत वैशाख १५ गते सकिएको थियो । 

कुलपतिसहित सबै प्राज्ञसभा सदस्यहरूको नियुक्तीका लागि गत वैशाख २७ गते गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले दरखास्त माग गरेकामा अहिलेसम्म नियुक्ती हुन नसकेको हो । 

प्रतिष्ठानका निवर्तमान सदस्यसचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानमा रहेका २४ वटै पद अहिले रिक्त रहेको बताए।

 “कुलपति, उपकुलपति, सदस्यसचिवसहित विभिन्न विभागका प्रमुख र सदस्यमा गरी ९५ जनाको आवेदन परेको छ, तर मन्त्रालयले अहिलेसम्म नियुक्तीको प्रकृया अगाडि बढाएको छैन”, उनले भने, “प्रतिष्ठान नेतृत्वविहीन हुँदा योजना र कार्यक्रम कार्यान्वयन प्रभावित भइरहेको छ ।”

सिङ्गो प्रदेशको भाषा, कला, संस्कृति आदिको उत्थानमा क्रियाशील हुनुपर्ने संस्था लामो समयसम्म नेतृत्वविहीन हुुनु दुःखद् रहेको उनको भनाइ छ । सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले अब छिट्टै नियुक्तिको प्रकृया सुरु हुने बताए।

‘कुलपतिसहित सबै पदमा दरखास्त परिसकेको छ, विविध कारणले नियुक्तिमा ढिलाइ भएको हो, अबको एकदुई हप्तामा नियुक्तीको प्रकृया टुङ्गिन्छ’, उनले भने। 

गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी ऐनमा कुलपतिका लागि शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको छ । उपकुलपति र सदस्यसचिवका लागि स्नातक र सदस्यहरूका लागि कक्षा १२ वा सो सरह उत्तीर्ण हुनुपर्ने व्यवस्था छ । 

प्रतिष्ठानमा नियुक्त हुने व्यक्ति ३५ वर्ष पूरा भई भाषा, साहित्य, कला र संस्कृति सम्बन्धी क्षेत्रमा सिर्जना, अध्ययन तथा अनुसन्धान गरी सम्बन्धित विषयमा ख्याती आर्जन गरेको हुनुपर्ने प्रावधान ऐनमा छ ।
 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : २० बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका