डा. दीपक भट्ट सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्यका उम्मेदवार « Khabarhub

डा. दीपक भट्ट सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्यका उम्मेदवार


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बौद्धिक नेताका रूपमा परिचित डा. दीपकप्रकाश भट्टले नेकपा (एमाले) को केन्द्रीय सदस्य पदमा ससुदूरपश्चिम प्रदेश भूगोलबाट उम्मेदवारी दिएका छन्।

भारतको ज्वाहारलाल विश्वविद्यालयबाट विद्यावारिधी उपाधी हासिल गरेका डा. भट्टले पार्टीको नीतिगत, वैचारिक तथा अन्तर्राष्ट्रिय मामिलामा लामो समयदेखि योगदान दिँदै आएका छन्।

निम्न मध्यम वर्गीय परिवारबाट राजनीतिक यात्रामा प्रवेश गरेका डा. भट्टले आफ्नो राजनीतिक चेतना विद्यार्थी कालमै विकास भएको बताउँछन् ।

२०४५ सालदेखि भारत प्रवासमा रहँदै अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनमार्फत् संगठन निर्माणमा सक्रिय रहँदा आफूले विभिन्न जिम्मेवारी सम्हालेको उनले स्मरण गरे।

उनले महासचिव हुँदै २०५७ देखि २०६२ सम्म केन्द्रीय कमिटीको अध्यक्षको जिम्मेवारी निर्वाह गरेका छन्। डा. भट्ट २०५२ सालमा एमालेको संगठित सदस्य बनेका थिए ।

उनले पिथौरागढ नगर कमिटीको सचिव, दिल्ली राज्य कमिटी सदस्य, पार्टी राष्ट्रिय परिषद सदस्य तथा भारत प्रवास समन्वय कमिटी सदस्यलगायत जिम्मेवारी सम्हालेको बताए।

यसका साथै सम्पर्क विभाग, विदेश विभाग र महाकाली अञ्चल सम्पर्क कमिटीमार्फत् संगठन विस्तारमा भूमिका खेलेका छन् । उनले ०४६ सालको जनआन्दोलनका पक्षमा पिथौरागढमा नेतृत्वदायी मूमिका समेत निर्वाह गरेका थिए ।

राज्य सञ्चालन र नीति निर्माणमा समेत अनुभव बटुलेको उल्लेख गर्दै डा. भट्टले २०७४ सालमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएको थिए।

उनले संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्यका रूपमा रहँदा परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विषयमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

यसअघि २०७२ देखि २०७४ सम्म उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलको सदस्यका रूपमा काम गरेको अनुभव पनि उनीसँग छ ।

डा.भट्टले शान्ति प्रक्रियामासमेत आफ्नो भूमिका महत्वपूर्ण निर्वाह गरेका थिए । उनले २०६५ देखि २०६९ सम्म माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन तथा पुनःस्थापनासम्बन्धी विशेष समितिको सचिवालय सदस्यका रूपमा काम गरेका थिए । यसका साथै २०७३ सालदेखि नेपाल सरकारद्वारा गठन राष्ट्रिय विकास परिषदको सदस्यका रूपमा काम गरिसकेका छन् ।

पार्टीका छैठौं महाधिवेशनमा स्वयंसेवक तथा सातौं, आठौं, नवौं र दशौं महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी डा. भट्टले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन तथा सभाहरूमा सहभागिता जनाउँदै पार्टी र देशका मुद्दा उठाउँदै आएका छन् ।

उनी अहिले लामो संगठनात्मक अनुभव, गहिरो वैचारिक पकड, अन्तर्राष्ट्रिय दृष्टिकोण र संसदीय अभ्यासका आधारमा आफ्नो उम्मेदवारी अघि बढाएको बताउँछन् ।

एमाले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारीलाई पार्टीभित्र सकारात्मक रूपमा हेरिएको विश्वास उनको छ । उनी केन्द्रीय सदस्य हुँदा बौद्धिक शक्ति, संगठन र व्यवहारिक राजनीतिबीच सेतुको भूमिका खेल्न सक्ने विश्वास प्रतिनिधिको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : ५४ बजे

मधेसमा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व संकलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३०

हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पर्यटक (तस्बिरहरू)  

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’

रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर

सुरुङ्गा– अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २००