थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी–८ लाई तोकियो « Khabarhub

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी–८ लाई तोकियो


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– थाइल्यान्डमा आगामी फेब्रुअरी–८ मा आम चुनावको मिति तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलहरूले यस वर्षको अन्त्य अघि प्रधानमन्त्रीका लागि आफ्ना उम्मेदवारहरूको नाम सूचिकृत गर्नु पर्ने आयोगले जनाएको छ । 

निर्वाचन आयोगले परिस्कृत निर्वाचन विवरणको मस्यौदा तयार पारी प्रक्रिया पुरा गरेर सन् २०२६ फेब्रुअरी–८ आइतबार चुनाव गराउने सहमति जुटाएको आयोगले एक विज्ञप्ति मार्फत जनाएको छ । 

चुनावको लागि अग्रिम मतदान फेब्रुअरी – १ मा हुने जनाइएको छ । रूढिवादी भूमजाइथाई पार्टीका प्रधानमन्त्री अनुतीन चार्नविराकुलले सेप्टेम्बरमा आफ्ना पूर्ववर्तीलाई नैतिकता उल्लङ्घनका कारण हटाइए पछि पदभार ग्रहण गरेका थिए ।

उनले शुक्रबार संसद् विघटन गरी राष्ट्रिय चुनावको लागि मार्ग प्रशस्त गरेका छन् भने जुन थाई कानून अन्तर्गत विघटन पछि ४५ देखि ६० दिनको बीचमा चुनाव हुने व्यवस्था छ । 

यो कदम थाइल्यान्ड र कम्बोडियाबिचको दशकौं लामो सीमा विवादबाट उत्पन्न भएको द्वन्द्वको रूपमा आएको छ, यस महिना जारी सैन्य झडपमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ भने करिब आठ लाख विस्थापित भएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : ५४ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)