अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ « Khabarhub

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताएका छन् ।  

काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलामा उनले वैकल्पिक शक्ति बन्ने भनेर आएका सबै मिलेर अगाडि बढ्नुपर्ने र त्यसको अगुवाई उज्यालो नेपाल पार्टीले गर्नुपर्ने बताए। 

मन्त्री घिसिङले पार्टीमा सबैलाई जोड्दै अगाडि बढ्नसमेत नेतृत्वलाई आग्रह गर्दै काम गर्दा चुनौती आउने र त्यसलाई सामना गरेर अगाडि बढ्न सकेमा नै परिवर्तन सम्भव हुने धारणा राखे। 

‘जेन-जी पुस्ताको आन्दोलनपछि जुन हिसाबले यो सरकार परिवर्तन भएको छ, यसले गर्ने निर्वाचन पछिको सरकार कस्तो हुने भन्ने कुरा झन् महत्त्वपूर्ण छ’, उनले भने, ‘त्यो सरकारको नेतृत्व वैकल्पिक शक्ति भन्नेहरू सबै मिलेर गर्नुपर्छ । उज्यालो नेपाल पार्टीले त्यसको अगुवाइ गर्छ ।’

कार्यक्रममा उक्त पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र तामाङले सामाजिक न्याय, सुशासन र समृद्धि ल्याउनका लागि आफैँ अनुशासित भएर लाग्न आवश्यक रहेको बताए। अर्का केन्द्रीय सदस्य शंकर ढकालले पार्टी मध्यमार्गी धारबाट अगाडि बढ्ने र कुलमानको नेतृत्वमा विद्युत्को क्षेत्रमा अँध्यारोबाट उज्यालोतर्फ अगाडि बढाएजस्तै अब देशलाई अगाडि बढाउन भूमिका खेल्ने धारणा राखे ।

केन्द्रीय सदस्य रिमा विश्वकर्माले दक्ष्य र योग्य व्यक्तिलाई जिम्मेवारी दिएर देश बनाउनका लागि लाग्नुपर्ने धारणा राखे। उनले आफ्नो पेसा र धर्म कलाकारिता भए पनि इमानदार र लगनशील भएर धर्म पछ्याइरहँदा पनि परिवर्तनका लागि कलिला भाइबहिनीले राजनीतिक जागरणको बीउ रोपेकोले आफू पनि राजनीतिमा होमिएको बताए। 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू जितराम लामा, ज्योत्सना सैंजु, सुमी लामालगायतले धारणा राखेका थिए । उज्यालो नेपाल पार्टीको जिल्ला भेलाले क्षितिज लामाको संयोजकत्वमा जिल्ला समिति गठन गरेको छ । 

त्यस्तै युवा हेर्ने कमिटीको संयोजकमा निशान्त रत्न बास्ताकोटी र सहसंयोजकमा अविरल लामालाई जिम्मा दिएको र समितिलाई पछि पूर्णताः दिइने पार्टीका केन्द्रीय सदस्य जितराम लामाले बताए।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : २९ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा