हमास र इजरायलले गरे युद्ध विरामको सहमति « Khabarhub

हमास र इजरायलले गरे युद्ध विरामको सहमति


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – हमास र इजरायलले १५ महिना लामो युद्ध अन्त्यको टुङ्गोमा पुगेका छन्। आइतबारदेखि लागु हुने गरी युद्ध विरामको सहमति भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध विराम भएको घोषणा गरेका छन्। युद्ध विराम अनुसार हमासले बन्दी बनाएकाको रिहाइ हुनेछ भने गाजाबाट इजरायली सेना हट्ने छ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेसले युद्धले भएको क्षतिमा राहत दिने लक्ष्य भएको बताउँदै प्यालेस्टाइनीमा आवश्यक सहयोग गर्ने बताए। आइतबार युद्ध विराम हुने भनिए पनि बुधबारसम्म इजरायलले आक्रमण जारी राखेको छ।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार भएको आक्रमणमा २० जनाको ज्यान गएको हो।

७ अक्टोबर २०२३ मा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २५१ जनालाई बन्दी बनाइएको थियो। यसको प्रत्याक्रमणमा इजरायलले गरेको आक्रमणमा ४६ हजार भन्दा बढीको ज्यान गएको छ। अहिले ९४ जना बन्दी अझै रिहा हुन बाँकी छन्। ३४ जना भने मारिएको अनुमान गरिएको छ।

युद्ध विरामपछि गाजामा सर्वत्र खुसीयाली छाएको छ। युद्ध विरामपछि इजरायली प्रधानमन्त्री बेन्जासमन नेतान्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेन र राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। ट्रम्पलाई विशेष धन्यवाद दिँदै नेतान्याहुले उनीसँग एकदमै चाँडो वासिङ्टनमा भेट हुने बताएका छन्।

आइतबार युद्ध विराम लागु हुने दिनको एक दिनपछि सोमबार नै अमेरिकामा निर्वाचित राष्ट्रपछि ट्रम्प कार्यालय प्रवेश गर्ने छन्।

युद्ध विराममा सहमति भएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा यसले खुसी दिएको छ। विभिन्न नेताले प्रतिक्रिया दिन थाली सकेका छन्। यसरी प्रतिक्रिया दिनेमा जर्मनीका चान्सलर ओलार स्कोल्फ, स्पेनका प्रधानमन्त्री पेड्रो, सा्ँचेज, राष्ट्र सङ्घीय महासचिव एन्टेनियो गुटिरेस, राष्ट्र सङ्घीय मानव अधिकार कमिस्नर भोल्कर टर्क र युरोपियन कमिसनका प्रमुख उरुला भान डेर लियोनले युद्ध विरामको स्वागत गरी सकेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जासमन नेतान्याहु। तस्बिरः गेट्टी इमेज

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ६ : ३४ बजे

कार्यविधिमा मुक्त कमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ : मुख्यमन्त्री शाह

घोडाघोडी (कैलाली)- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमलरीसम्बन्धी कार्यविधिमा

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा- तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो ।

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा (झापा)- सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

पोखरा एभेन्जर्ससँग चितवन राइनोज ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा पोखरा एभन्जर्सले