रास्वपा लक्षित बास्कोटाको टिप्पणी– बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ? « Khabarhub

रास्वपा लक्षित बास्कोटाको टिप्पणी– बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कटाक्ष गरेका छन् ।

आज बिहान समामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपा कार्यकर्ताले हिजो काठमाडौं जिल्ला अदालत परिसरमा गरेको गतिविधिप्रति लक्षित गर्दै बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला भन्दै प्रश्न गरेका छन् ।

हिजो वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतभित्रै रास्वपाका कार्यकर्ताले आक्रमण गरेका थिए। लामिछानेविरुद्धको थुनछेक बहस सकिएपछि बाहिरिने क्रममा त्रिपाठीमाथि आक्रमण भएको थियो।

बास्कोटाले लेखेका छन्– ‘न्याय मरेको छैन भन्थे, अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माईक टाईसन भन्दा तीनगुणा बलशाली रहेको प्रमाणित भयो। अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ ? कति कालाकोट धुजाधुजा हुने हुन् ? टेलर्स, मिडीया, मेडिकल, म:म, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?’

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ९ : ४८ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको