४२ दिनमै ३ चरणमा सकिन्छ युद्धविरामका सबै काम  « Khabarhub

४२ दिनमै ३ चरणमा सकिन्छ युद्धविरामका सबै काम 


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हमास र इजरायलबिच भएको युद्धविराम अनुसार सुरुवातमा ३ इजरायली महिला बन्दी रिहा हुने भएका छन् ।

हमासका अधिकारी बसिम नसिमले दिएको जानकारी अनुसार १९ जनवरीदेखि युद्धविरामका प्रक्रिया सुरु हुने छ । 

४२ दिनमा सबै काम सकिने तय भएको छ । पहिलो चरणमा गाजामा रहेको ३३ बन्दीलाई हमासले छाड्ने अनुमान गरिएको छ । 

पहिलो दिन ३ तथा त्यसको एक साता पछि अर्को ४ जना छाड्ने तय भएको छ । सुरुवातमा छाडिनेमा महिला प्राथमिकतामा परेका छन् । 

सहमति अनुसार ६ सातामा हमासले सबै बन्दी छाड्ने छ । इजरायलले पनि आफूले बन्दी बनाएकाहरूलाई छाड्ने छ । 

दोस्रो चरणमा सम्पूर्ण इजरायली गाजाबाट हट्ने, सबै बन्दी रिहा गर्ने तथा इजरायलले पनि जेलमा रहेका प्यालेस्टाइनीहरुलाई सबै छाडी सक्ने सहमति छ । तेस्रो चरणमा मारिनेहरूको शव पनि हस्तान्तरण हुने छ । 

यसरी शव हस्तान्तरण भए पछि प्यालेस्टाइनको पुन संरचनामा अर्को ४ या ५ वर्ष लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १२ : ३३ बजे

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

भक्तपुर- नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

आज २०८२ साल चैत १४ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १४ गते शनिबार चैत

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त