सात वटै प्रदेशमा पठाइयो एचपीभी खोप  « Khabarhub

सात वटै प्रदेशमा पठाइयो एचपीभी खोप 


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सात वटै प्रदेशमा पठाएको छ ।  

‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा सबै खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले जानकारी  दिए ।

उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए । उनका अनुसार गाभीले पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि उक्त एचपीभी खोप निःशुल्क उपलब्ध गराएको हो । 

 सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय बालिका र किशोरीलाई खोप लगाउँदै छ ।

महाशाखाका निर्देशक डा।रायमाझीका अनुसार कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ८० मात्रा, मधेशमा तीन लाख ८० हजार चार सय ६० मात्रा, बागमतीको हेटौँडाका लागि एक लाख २५ हजार आठ सय मात्रा, बागमतीको भक्तपुरका लागि दुई लाख १८ हजार दुई सय ८० खोपको मात्रा पठाइसकेको छ । 

यस्तै गण्डकी प्रदेशमा एक लाख ३० हजार आठ सय ७० मात्रा, लुम्बिनीमा दुई लाख ९८ हजार नौ सय १०, कर्णालीमा एक लाख २४ हजार चार सय र सुदूरपश्चिममा एक लाख ८७ हजार एक सय २० खोपको मात्रा पठाएको छ । प्रदेशले खोपलाई सुरक्षित भण्डारण गर्ने र आ–आफ्नो जिल्लामा पठाइने उनले बताए ।

उक्त खोप एक मात्रा लगाएपछि पुग्ने महाशाखाका निर्देशक डा।रायमाझीले जानकारी दिए । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १२ : ३५ बजे

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा