वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न बारको माग « Khabarhub

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न बारको माग


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा आक्रमण गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेको छ ।

बार एशोसियसनले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर बुधबार सहकारी पीडितको पक्षमा वकालत गरेर बाहिरिने क्रममा त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेको हो ।

‘वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गाली गलौज गरी सांघातिक आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान गरी अविलम्ब कानूनी दायरामा ल्याई कारबाही गर्न र कानून व्यवसायीको व्यवसायिक सुरक्षाको प्रत्याभूतिका लागि नेपाल बार एशोसिएशन नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउँदछ,’ महासचिव अधिवक्ता अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

सहकारी ठगी प्रकरण सम्बन्धी मुद्धामा बुधबार बहस सकेर निस्कँदै गर्दा काठमाडौं जिल्ला अदालत बाहिर अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।

यो पनि-

अधिवक्ता त्रिपाठीलाई रविका समर्थकले अदालत परिसरमै कुटे
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणप्रति कांग्रेसको निन्दा

सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेको मुद्दामा विपक्षमा बहस गरिरहेका अधिवक्ता त्रिपाठीलाई बुधबार बबरमहलस्थित जिल्ला अदालत काठमाडौं परिसरमा कुटपिट गरेपछि आपत्तिजनक नारा पनि लगाएका थिए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १२ : ५५ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै