पेट दुखिरहन्छ ? खानुहोस् यी फाइबरयुक्त ५ चीज « Khabarhub

पेट दुखिरहन्छ ? खानुहोस् यी फाइबरयुक्त ५ चीज


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाचन क्रियालाई ठिक राख्न फाइबर चाहिन्छ। उच्च फाइबरयुक्त खानेकुराले पेट फुल्ने, कब्जियत, पेट दुख्ने, एसिडिटी र अन्य पेटसम्बन्धी समस्याहरूलाई टाढा राख्छ ।

डाइटरी फाइबरयुक्त खानेकुराले आन्द्राको चाल राम्रो राख्छ। यी खानेकुराले दिसालाई पनि राम्रो बनाउँछ, जसले कब्जियतबाट बचाउँछ।

साथै, फाइबरको सेवनले तौल घटाउनमा पनि अद्भुत प्रभाव देखाउँछ। यसले बढ्दो तौल घटाउन मद्दत गर्छ । 

खानामा समावेश गर्नुहोस् यस्ता कुरा :

ब्रोकाउली 
ब्रोकाउलीमा प्रशस्त मात्रामा फाइबर हुन्छ । ब्रोकाउली खाँदा पेटको राम्रो ब्याक्टेरियालाई फाइदा हुन्छ र पेटलाई स्वस्थ र सन्तुलित राख्छ। यस्तो अवस्थामा ब्रोकाउली खानु निकै फाइदाजनक हुन्छ । ब्रोकाउलीलाई विशेष गरी तौल घटाउने आहारमा समावेश गर्न सकिन्छ।

स्याउ
स्याउलाई फाइबरयुक्त फलफूलमा गनिन्छ । स्याउ खाँदा तौल सामान्य रहन्छ र पाचन पनि स्वस्थ रहन्छ । तपाईँ दैनिक एक देखि दुई स्याउ खान सक्नु हुन्छ। स्याउ खाने सबैभन्दा राम्रो समय बिहान १० देखि ११ र बेलुका ४ देखि ६ सम्मलाई मानिन्छ ।

सिमी 
खानामा फाइबरको मात्रा पूरा गर्न सिमी खान सकिन्छ । सिमी तरकारी, सलाद, सूप र स्ट्यू आदि बनाउन प्रयोग गर्न सकिन्छ। आधा कप सिमीबाट शरीरलाई ९ ग्रामसम्म फाइबर प्राप्त हुन्छ ।

ड्राइ फ्रुट
सुख्खा फलफूलबाट पनि शरीरलाई राम्रो मात्रामा फाइबर प्राप्त हुन्छ । बदाम, काजू र ओखर जस्ता सुख्खा फलफूलमा फाइबर प्रशस्त हुन्छ। यी खाजाको रूपमा खान सकिन्छ। ड्राई फ्रुट स्वादमा मात्रै राम्रो नभई स्वास्थ्यमा पनि प्रभावकारी हुन्छ । तिनीहरूलाई आहारको भाग बनाउनु धेरै लाभदायक छ।

केरा 
केरामा पोटासियम र फाइबर प्रशस्त मात्रामा पाइन्छ। स्वास्थ्यका लागि दैनिक एक वा दुई वटा केरा खान सकिन्छ । केरा खाँदा शरीरलाई प्रशस्त मात्रामा फाइबर प्राप्त हुन्छ । केरालाई सादा खान सकिन्छ वा ओट्स, दही, मिल्क शेक वा स्मूदीसँग प्रयोग गर्न सकिन्छ। -न्युजकारखानाबाट

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १ : २० बजे

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको