दिनेश त्रिपाठीमाथि कुटपिट गर्नेलाई कारबाही हुनुपर्छ : शेखर कोइराला « Khabarhub

दिनेश त्रिपाठीमाथि कुटपिट गर्नेलाई कारबाही हुनुपर्छ : शेखर कोइराला


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न ढिला गर्न नहुने बताएका छन् ।

बेलायत भ्रमणमा रहेका नेता कोइरालाले बिहीबार सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत् अधिवक्ता त्रिपाठीमाथि कारबाही गर्न ढिला गर्न नहुने बताएका हुन् ।

‘लोकतन्त्रमा कुनै बहानामा कसैमाथि भौतिक आक्रमण स्वीकार्य छैन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज हो,’ कोइरालाले लेखेका छन्, ‘यस्ता कार्यको सबै मिलेर निन्दा गरौँ । दोषीमाथि कारबाही गर्न ढिला नगरौँ ।’

काठमाडौं जिल्ला अदालतमा सहकारी पीडित पक्षको प्रतिनिधित्व गरी फर्कने क्रममा बुधबार अदालत परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १ : २३ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै