मर्चवार लिफ्ट सिँचाइ आयोजनाको क्षेत्र साँगुरिँदै « Khabarhub

मर्चवार लिफ्ट सिँचाइ आयोजनाको क्षेत्र साँगुरिँदै


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सेवा क्षेत्र आधाभन्दा बढी साँगुरिएको छ । विसं २०५३ मा तीन हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको आयोजनाले अहिले एक हजार पाँच सय हेक्टर जमिनमा मात्रै सिँचाइ पुर्‍याइरहेको छ ।

तीस वर्ष पुरानो संरचना जीर्ण हुनुका साथै पानी चुहावटको समस्या देखिन थालेपछि आयोजनाको क्षेत्र साँगुरिँदै गएको मर्चवार लिफ्ट सिँचाइ जलउपभोक्ता संस्थाका व्यवस्थापक विश्वनाथ अर्यालले बताए।

‘उद्देश्यअनुसार आयोजनालाई अघि बढाउन सकेका छैनौँ । पुरानो संरचना जीर्ण बन्दा ठाउँ ठाउँमा पानी चुहावट हुने गर्दछ’, ब्लाकका अध्यक्ष रमेश यादवले भने।

संयुक्त राष्ट्र सङ्घीय विकास कोष युएनडिपीको प्राविधिक सहयोग र आर्थिक अनुदानमा पाँच हजार छ सय हेक्टर क्षेत्र सिँचाइ क्षमता पुर्‍याउने लक्ष्य राखेर विसं २०३६ मा उक्त आयोजना निर्माण सुरु भएको थियो ।

छ हजार तीन सय परिवारका ४४ हजार जनसङ्ख्या लाभान्वित हुने लक्ष्यअनुसार नेपाल सरकारबाट पाँच करोड ९७ लाख ४६ हजार चार सय १६ र दातृ संस्था युएनडिपीबाट रु १२ करोड ६८ लाख एक हजार आठ सय १९ लागतमा दुई चरणमा सिँचाइ आयोजना निर्माण भएको थियो ।

किसान नेता अशोककुमार त्रिपाठीले नहर संरचना र यन्त्रको स्थिति ३० वर्ष पुरानो हुँदा जीर्ण भएको बताए।

पछिल्लो समयमा नहर मर्मत, पम्प मर्मत र घट्दै गएको सिँचाइ सेवा क्षेत्र विस्तार तथा विधान संशोधनलगायत संस्थागत सुधारका काम आवश्यक भएको नगौलिया नहर प्रणालीका अध्यक्ष अलाउद्धिन खाँनले बताए।  

आर्थिक वर्ष २०७५र७६ मा सबैभन्दा बढी रु १४ लाख ३४ हजार नौ सय ५६, आव २०७६र७७ मा सबैभन्दा कम रु ३१ हजार २३ सिँचाइ शुल्क संकलन भएको संस्थाले जनाएको छ । 

आव २०७९र८० मा ११ लाख ४७ हजार ३० र गत आवमा रु ११ लाख ३५ लाख छ हजार ६७ शुल्क उठेको संस्थाका संस्थाका सचिव जगन्नाथप्रसाद कुर्मीले जानकारी दिए । 

आयोजनाको सफल कार्यान्वयनका लागि जल वितरणको संरचनामा सुधार र नहरको मर्मत गर्नुपर्ने आवश्यकता रहेको सचिव कुर्मीले बताए। उनले भने, “यो लुम्बिनी प्रदेशको गौरवको योजना रहे पनि हालसम्म सरोकार भएका निकायको ध्यान पुगेको देखिदैँन ।” 

आयोजनासँगै सिँचाइ सेवालाई प्रभावकारी बनाउन पुराना संरचनाको मर्मत, जीर्णोद्धार तथा पानीको चुहावट नियन्त्रण, सर्वसाधारणका लागि कम शुल्कको व्यवस्थालगायत सुधार गर्दै जानुपर्ने संस्थाका पूर्वअध्यक्ष नजीर अहमद खाँले बताए। 

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  २ : ११ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको