वरिष्ठ अधिवक्तामाथि भएको आक्रमणको निन्दा « Khabarhub

वरिष्ठ अधिवक्तामाथि भएको आक्रमणको निन्दा


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेमोक्र्याटिक लयर्स एसोसियशन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै यो कानुनी शासन र लोकतान्त्रिक पद्धति विपरीत भएको जनाएको छ ।

डिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी र महासचिव अधिवक्ता ज्ञानेन्द्रप्रसाद अधिकारीद्वारा आज जारी प्रेस विज्ञप्तिमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुद्दामा पीडितको तर्फबाट बहस पैरवी गरी अदालतबाट बाहिरिने क्रममा भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘कानून व्यवसाय स्वतन्त्र न्यायपालिकाको अङ्ग हो, अदालतमा उपस्थित भई पक्षको तर्फबाट स्वतन्त्र र निर्भीक रूपमा बहस पैरवी गर्नु कानुन व्यवसायीको संवैधानिक तथा कानुनी अधिकार हो’, डिएलएद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

डिएलए नेपालले काठमाडौँ जिल्ला अदालतबाट बाहिरिने क्रममा हुलदङ्गा, लछारपसार, कुटपिट तथा नाराबाजी गर्नु स्वतन्त्र न्यायपालिका, कानुनी शासन र लोकतान्त्रिक पद्धति विपरीत भएको जनाएको छ । यस्तो गतिविधिमा संलग्न हुनु गैरकानूनी भएको भन्दै डिएलएले सोको भर्त्सना गरेको छ । 

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्तिको पहिचानसहित तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न डिएलए नेपालले विज्ञप्तीमार्फत सरकारसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  २ : २२ बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि