वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम « Khabarhub

वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिरहा– जिल्लास्थित डिभिजन वन कार्यालयले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम दिन सुरु गरेको छ । लहानमा आयोजित तीन दिने ‘कानुनी कार्यविधि’ तालिमको आज जिल्ला अदालत सिराहाका न्यायाधीश माधवप्रसाद मैनालीले उद्घाटन गरेका हुन् ।

न्यायाधीश मैनालीले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन तालिमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। 

‘कतिपय कानुन वन ऐनमा व्यवस्था नभएको हुन सक्छन् । त्यस बेला वन ऐनबाहेक सामान्य कानुन आकर्षित हुन्छन्’, उनले भने, ‘काम गर्ने क्रममा हुनसक्ने अप्ठ्यारा फुकाई सहज र सरल बाटो पहिचान गर्न यस तालिम फलदायी हुन्छ भन्ने विश्वास लिएको छु ।’

अदालतमा मुद्दा दायर गर्दा हुने कमीकमजोरीका सम्बन्धमा प्रस्ट पार्ने उद्देश्यले तालिम आयोजना गरिएको जिल्ला डिभिजन वन कार्यलयका प्रमुख शैलेन्द्रकुमार मिश्रले जानकारी दिए । उनले आमनागरिकबीच वन कार्यालयप्रति विश्वास कायम राखिराख्न र सम्भावित कानुनी त्रुटिलाई न्यूनीकरण गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गरे । 

सिरहामा एउटा डिभिजन वन कार्यालय र छ वटा सव–डिभिजन वन कार्यालय छन् । डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार कानुनी तालिमको प्रशिक्षण जिल्ला अदालत सिराहाका न्यायाधीश, रेक्टर तथा इलाका प्रहरी कार्यालय लहानका अधिकृतले दिनेछन् ।  

डिभिजन वन कार्यालयसहित सव–डिभिजन वन कार्यालय बन्दीपुर, सिरहा, मिर्चैया, चोहर्वा, धनगढी माई र लहानका गरी २७ जना कर्मचारी तालिममा सहभागी भएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ३ : २५ बजे

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि