पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधी अब निःशुल्क  « Khabarhub

पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधी अब निःशुल्क 


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।

हरेक वर्ष झन्डै आठ सय जनाको ज्यान गइरहेको पक्षघातको उपचार गरी जीवन रक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलले बताए ।

 ‘उपचार गर्न सकिने भए पनि औषधी दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गइरहेको पायौं’, पोखरामा आयोजित एक कार्यक्रममा उनले भने, ‘यसलाई रोक्न सरकारले नै औषधी प्राप्त गरेर प्रदान गर्ने व्यवस्था मिलाउन लागेको हो ।’

रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने सङ्ख्या बढेको मन्त्रालयको विवरणमा छ ।

थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान गइरहेको पक्षघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन् । जुन औषधीको एउटा मात्राको मूल्य नेपालमा झन्डै एक लाख ३८ हजार पर्छ । र, सहजै उपलब्ध नहुने भएकाले औषधी नपाएकै कारण धेरैको ज्यान गइरहेकाले मन्त्रालयले यस औषधीको प्राप्ति र सहज उपलब्ध गराउन पहल मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए । मन्त्रालयले यी औषधी वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ । 

पक्षघातको औषधी र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालहरूमा लागू हुनेछ । यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्त्वपूर्ण भएको न्यूरो चिकित्सक डा. राजु पौडेलले बताए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ४ : ०३ बजे

इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

एजेन्सी– युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौं–  काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

समावेशी नीति कार्यान्वयनको चुनौतीबारे छलफल

काठमाडौं– अपाङ्गता भएका व्यक्तिको नीतिसहित यातायात, भौतिक पूर्वाधार तथा संरचनालगायत

सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी