उपत्यकाभित्र हर्न बजाउन नपाइने नियम प्रभावकारी बनाउँदै ट्राफिक प्रहरी « Khabarhub

उपत्यकाभित्र हर्न बजाउन नपाइने नियम प्रभावकारी बनाउँदै ट्राफिक प्रहरी


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउने भएको छ । 

बिहीबार काठमाडौंमा ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजुदुर ट्रेड युनियनबीच भएको छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले नो हर्ज प्लीज अभियानलाई पूर्णरुपमा लागू गर्ने बताएका हुन्  । 

उपत्यका ट्राफिक प्रहरी कार्यालय २०७३ सालमा नो हर्ज प्लीज अभियान सुरु गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । 

ट्राफिक प्रहरी प्रमुख घिमिरेले जनचेतनामूलक कार्यक्रम गर्दै हर्न बजाउन नपाइने नियमलाई कार्यान्वयन गर्ने बताए  । 

उनले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न र सेवाग्राहीलाई सहज सेवा दिन यातायात व्यवसायीले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे  । 

त्यस्तै यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकमा सबै क्षेत्रमा सुधार देखिए पनि राज्यले यातायात क्षेत्रको सुधारमा ध्यान दिन नसेकेको बताए  । 

भक्तपुरदेखि काठमाडौंसम्म द्रुत बसको सेवा सुरु गरे पनि पूर्वाधारलाई ध्यान दिन नसक्दा द्रुत बस सञ्चालनमा समस्या भएको उनले बताए ।  

उनले यातायात क्षेत्रलाई सुधार गर्नका लागि छुट्टै लेनको व्यवस्था गर्नुपर्नेमा जोड दिए  ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ४ : ५८ बजे

ट्रम्प र नेतन्याहूको हत्या गर्नेलाई इरानले ८०० करोड पुरस्कार दिने

तेहरान- इरानको संसद्ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री

गत आर्थिक वर्षमा गुगल, मेटा लगायतका कम्पनीले बुझाए ४० करोड बढी कर

काठमाडौं– गत आर्थिक वर्ष ०८१-८२ मा गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट,

दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

दार्चुला- दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला परेको

नेप्से परिसूचकमा ६.५१ अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम