विराट एक्स्पोमा विद्यार्थीलाई करिअर काउन्स्लिङ पेभिलियन « Khabarhub

विराट एक्स्पोमा विद्यार्थीलाई करिअर काउन्स्लिङ पेभिलियन


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

विराटनगर – माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस मैदानमा हुने आठौं संस्करणको विराट एक्स्पोमा विद्यार्थीका लागि करिअर काउन्स्लिङ पेभिलियन राखिने भएको छ ।

औद्योगिक र व्यवसायिक दक्ष जनशक्ति उत्पादनदेखि रोजगारीका लागि विदेश जाने तयारीमा रहेका शैक्षिक जनशक्तिलाई स्वदेशमै राखी रोजगारीका अवसर सृजना गर्ने प्रयासस्वरुपः करिअर काउन्स्लिङ पेभिलियन राख्न लागिएको आयोजक उद्योग सङ्गठन मोरङले जनाएको छ ।

एक्स्पो अवधिभरमा करिव २५ सय विद्यार्थीलाई करिअर काउन्सेलिङ गर्ने लक्ष्य सङ्गठनको छ । साथै, शिक्षित जनशक्तिका लागि एक्स्पोले उद्यमशीलताको इकोशिष्टम प्रवर्धन गर्ने उद्देश्यले व्यवसायिक विकासका सबै सेवाहरू, बिटुबी, बजार, प्रविधि, गुणस्तर, मानवस्रोत र सीपका साथै साना घरेलु कृषि उद्योग लगायत सबै प्रकारका विषयहरू एक्स्पोमा समेट्ने लक्ष्य छ ।

एक्स्पोले विशेषरी विद्यार्थीहरूका लागि बिटूबी पेभिलियन र यस अन्तर्गतका विभिन्न कार्यक्रमहरू, स्टार्टअप पेभिलियनमा रहेको भिजन कोशी ह्याकाथन, रोजगार कोशी पेभिलियनमा रहेको करिअर काउन्स्लिङ, श्रमको माग र आपूर्तिकको श्रृङ्खला बुझाउने कक्ष, जब ब्रिज, लाइभ तालिम अवलोकनबारे छुट्टाछुट्टै छलफल तथा जानकारी गराउनेछ ।

त्यसैगरी डिजिटल पेभिलियनमा भएका नविनतम प्रविधिहरू, उद्योग कृषि पर्यटन सेवा लगायतका उत्पादन वस्तु तथा सेवाहरूका बारेमा जानकारी तथा अवलोकनको अवसर प्रदान गरिनेछ ।

हरेक पेभिलियनमा रहेका कर्मचारीहरूले आवश्यक जानकारी गराउनेछन् भने हरेक दिन विशेष आकर्षकका रूपमा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई आमन्त्रण गरी साक्षात्कार गर्ने तथा प्रवचन समेत गराइने आयोजकले जनाएको छ ।

प्लस टु र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरिएको यस कार्यक्रम अन्तर्गत प्रत्येक दिन पाँचवटा कलेजका प्रतिकलेज ५० जना विद्यार्थीहरूको समूहलाई सहभागी गराउन एक्स्पो आयोजकले कलेजहरूसँग आग्रह गरेको छ ।

हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म दैनिक रूपमा सञ्चालन यस कार्यक्रममा एक्स्पोले प्रवेश निःशुल्क गर्नेछ । एक्स्पो अवधिभर २५ सय विद्यार्थीलाई करिअर काउन्सेलिङ गरेर स्वदेशमै रोजगारी गर्न आकर्षित गर्ने आयोजक उद्योग संगठनको लक्ष्य छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ५ : ५६ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित