काठमाडौं र कास्कीबाट छुटेका रविविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता गरिँदै « Khabarhub

काठमाडौं र कास्कीबाट छुटेका रविविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता गरिँदै


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालत काठमाडौंबाट मंगलबार ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा अर्को मुद्दा दर्ता तयारी भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले पूर्वगृहमन्त्री लामिछाने र उनका साझेदार एवम् गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसहितविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको हो ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध शुक्रबार पुरक अभियोग दर्ता गर्ने तयारीमा सरकारी वकिल कार्यालय रहेको छ ।

बिहीबार मात्रै १७ जनाविरुद्ध थप अभियोग पत्र दायर गरिएको छ । गोर्खा मिडिया नेट्वर्कमा रविका साझेदार तथा सुप्रिम सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी)सहित २८ जनाविरुद्ध पहिले नै अभियोग दर्ता भइसकेको छ। बिहीबार थप अभियोगमा प्रतिवादी जीबीसहित १७ जनाविरुद्ध संगठित अपराधको कसुर समावेश गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

यसअघि नै मुद्दा दर्ता भइसकेकाहरूको कसुरमा बिहीबार थप कसुर र बिगोसहित अभियोग लगिएको छ । पुरक अभियोग शुक्रबार दर्ता गरिने जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले जनाएको छ ।

लामिछाने र जोशीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा पनि मुद्दा दायर गर्ने तयारी सरकारी वकिलको कार्यालयले गरेको छ ।

सुप्रिम सहकारीबाट एक हजार ८२८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगी गरेको आरोप छ। बचतकर्ताको रकम यी २८ प्रतिवादीको संलग्नतामा विभिन्न व्यक्तिको नाममा अपचलन गरेको पुरानै अभियोग छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले रविको नाममा सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ निकासा गरिएको भेटिएको जनाएको छ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले रकम पठाएका कम्पनीका सञ्चालक समितिको नाम र विवरण पनि अभियोग पत्रमा छ । जस रविको नाम उल्लेख छ।

गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालकमध्ये रविको पनि हिनामिनामा संलग्ता रहेको संसदीय छानबिन समितिले पुष्टि गरेको थियो । रकम अपचलन गर्ने कम्पनीमा रविको एक लाख ८० हजार कित्ता सेयर देखिएको थियो।

यस सेयरको मूल्य एक करोड ८० लाख रुपैयाँ छ। २०७८ पुस ७ गते गोर्खा मिडिया नेट्वर्क प्रालिको शेयर रविको नाममा कायम गरेको भेटिएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ६ : ५८ बजे

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण

एजेन्सी– अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’

नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा

रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो

सल्यान– राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड कुपिण्डे नगर समितिले चुनाव प्रचारमा

मध्यपूर्वको बाछिटाबाट जोगिन नेपालले के गर्नुपर्छ ?

फेब्रुअरी २८ देखि अमेरिका, इजरायल र इरानबीच सुरु भएको सैन्य

युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई)