वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल | Khabarhub Khabarhub

वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छरिएर रहेका वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताएका छन् । विचार मिल्ने पार्टीसँग एकता तथा लोकतान्त्रिक, समाजवादीलगायत विचार समुहसँग सहकार्य गर्न सकिने उनले उल्लेख गरे ।

पार्टीको बागमती प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष नेपालले सर्वहारा वर्गले विश्वास गर्ने कम्युनिष्ट नेताहरू निष्ठावान हुन नसकेकाले अहिलेको राजनीतिमा थुप्रै विकृति, विसङ्गति बढेको र जनता असन्तुष्ट भएको बताए ।

राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले राजनीतिमा विश्वास गर्ने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले देशको तीव्र आर्थिक विकासका लागि सुशासन कायम गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि बढ्दै गएको भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताए ।

पार्टी उपाध्यक्ष गङ्गालाल तुलाधरले एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । पार्टी सचिव एवं प्रदेश इन्चार्ज सावित्रा भुसालले जनता केन्द्रित राजनीतिक गतिविधि सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १० : ३२ बजे

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच

त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि विमानस्थलमा उडान

अन्तर्राष्ट्रिय सम्बन्धबारे जेन-जी पुस्ताले चासो दिनुपर्नेमा जोड

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. खड्ग केसीले अबको शासन प्रणाली