कंगोमा तीन चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय « Khabarhub

कंगोमा तीन चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय


३ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – अवैध रुपमा खानी दोहन गरेको आरोपमा अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा तीन जना चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय सुनाइएको छ । कंगोको अदालतले उनीहरुलाई ६ लाख अमेरिकी डलर जरिवाना समेत तिर्न आदेश दिएको छ ।

उनीहरुलाई गत जनवरी ४ मा १० वटा सुनको बार र ४ लाख अमेरिकी डलरसहित पक्राउ गरिएको थियो । उनीहरुलाई ठगी, सम्पत्ति शुद्धीकरण र लुटपाटको अभियोगमा पनि दोषी ठहर गरिएको छ ।

हाल उनीहरुलाई प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी शहर बुकाभुमा राखिएको समाचार संस्था एपीले जनाएको छ । औपचारिक अनुमतिबिना प्रजातान्त्रिक गणतन्त्र कंगोमा खानी दोहन गरेको आरोपमा विदेशी नागरिकलाई दोषी ठहर गरिएको यो पहिलो घटना हो ।

पूर्वी कंगोमा धेरैवटा चिनियाँ कम्पनीहरु सुन तथा अन्य महत्वपूर्ण खनिज पदार्थको उत्खननमा सक्रिय छन् । चिनियाँ अभियुक्तका कानुन व्यवसायीले भने अदालतको आदेशविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ६ : २२ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण